कुम्मायकः पान्थरको कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुुँने गोल्डकप चैत ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
गोल्डकपको चौथो संस्करणको रूपमा हुने खेलमा जिल्लाको आठै स्थानीय तहको सहभागिता रहने बुधबार गाउँपालिकामा भएको पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा उपाधि विजनेता पालिकाले एक लाख ११ हजार, एक सय, ११ रूपाँया प्राप्त गर्नेछ । साथै तीन बर्षे रनिङ ट्रफी मेडल, प्रमाण-पत्र हात पार्ने बताइएको छ ।
प्रतियोगितामा सहभागी भई उपविजेता पालिकाले नगर ५५ हजार, पाँच सय, ५५ रुपाँया सहित ट्रफी मेडल, प्रमाण-पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको विभिन्न विधातर्फ मेनअफ दि म्याच सेमिफाइनलसम्म प्रति म्याच ३ हजार हात पार्नेछ भने फाइनल खेलमा ५ हजार प्रदान गरिने छ ।
यस्ते खेलको म्यानअफ दि सिरिजलाई १५ हजार प्रदान गरिने छ । खेलको वेष्ट किपर, डिफेन्फन्डर, मिडफिल्डर, फरर्वड, हाई स्कोरर, र राइजिङ स्टारले नगद पाँच पाँच हजार प्रदान गरिने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।
खेल सञ्चालन गर्न २० लाख भन्दा धेरै खर्च हुने आयोजकले अनुमान गरेको बताइएको छ ।