नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण सम्पन्न


सेवारो खबर  255 पटक हेरिएको

इलामः  नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको दुुई दिने जिल्ला स्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला स्कुल विभागले सञ्चालन गरेको कार्यक्रममा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरूद्धको बैचारिक संघर्ष, सूूचना प्रविधिको प्रयोग अवसर र चुनौती, दशौं महाधिवेसनको कार्यदिशा र जनताको बहुुदलीय जनवाद, नेपालको राजनीतिक दलको तुलनात्मक अध्ययनका विषयमा जानकारी गराइएको छ ।

प्रशिक्षणमा पार्टीको वर्गीय दृष्टिकोण र सामाजिक मुुद्दाहरू (धर्म निरपेक्षता, समावेशिकरण, महिला, मधेश, दलित, आदिवासी जनजाति, अपाङ्गता आदि), पार्टीको संगठनात्मक सिद्धान्त र संरचना, कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास र समाजवादको आधार निर्माण र सरकार सञ्चालनका विषयमा प्रशिक्षित गराइएको पार्टी जिल्ला कमिटीका उपसचिव रविन्द्र सुुबेदी जानकारी गराए ।

प्रशिक्षणमा पार्टीको जिल्ला कमिटी, जिल्ला कमिटी सल्लाहकार परिषद र सबै स्थानीय तहका पदाधिकारी गरी ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा पार्टी स्थायी कमिटि सदस्य अग्नी खरेल, केन्द्रीय उप महासचिव प्रदिप ज्ञावली, केन्द्रीय सदस्य रचना खड्का, गीता अधिकारी र स्कुल विभाग केन्द्रीय सदस्य वाइपी आचार्यले सहजिकरण गरेका थिए ।

‘देशको अर्थतन्त्र सुधार गर्न युवालाई व्यवसायमा प्रोत्साहन गर्नुपर्छ’
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उठेको राजस्वबाट मुलुकले धान्न नसक्ने अवस्था आउनु दुखद रहेको बताएका छन ।

‘देशको अर्थतन्त्र सुधार गर्नका लागि युवालाई व्यवसाय गर्न प्रोत्साहन गर्नुपर्छ, नेता ज्ञावलीले भने- जनताले चाहे अनुसारको काम हुन सकेको छैन । व्यवसायमा निराशा छाउन थालेको छ । व्यवसायमा निराश बनेकै कारण प्रेम आचार्य जस्तो बन्नुपरेको अवस्था सृजना भएको छ । युवालाई प्रोत्साहन गर्न एमाले बलियो हुनुपर्छ ।’

नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले मुडे बलले मुलुक नचल्ने भन्दै वैचारिक क्षमताको विकास गर्नुपर्ने बताए । उनले समाजलाई अग्रगामी बनाउँने हो भने विचार र दृष्टिकोणलाई स्पष्ट पर्नका लागि यो कार्यक्रम आयोजना गरेको जानकारी गराए ।

जनताले खोजेका आधारभूत आवश्यकता के छन् त्यो आधारमा काम गर्नुपर्ने भन्दै प्रतिनीधि सभा सदस्य बस्नेतले आधारभूत जनतासँग पुग्नु पर्ने बताउँदै कार्यकर्तालाई वैचारिक क्षमता बढाउन किताब पढ्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार