माङ्सेबुुङ वडा नम्बर ६ ले सक्यो विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम


सेवारो खबर  141 पटक हेरिएको

माङसेबुङः माङसेबुुङ गाउँपालिका वडा नम्बर ६ मा प्रतिभा पहिचान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक वर्ष.२०७९/८० को वार्षिक कार्यक्रम अनुसार चिसोपानी माध्यमिक विद्यलयमा वडा स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिभा पहिचान छनौट कार्यक्रममा कक्षा १ देखि ५ स्तरीय चित्रकला, कक्षा ६ देखि ८ स्तरीय हाजिरी जवाफ र कक्षा ९ देखि १२ स्तरीय बतृत्वकला प्रतियोगिता सम्पन्न भएको जनाइएको छ ।

प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको चित्रकला प्रतियोगितामा छात्रा तर्फ साहारा लावती र छात्र तर्फ निश्चल राई छनौट भएका छन् ।

कक्षा ६देखि ८ स्तरीय हाजिरी जवाफ प्रतियोगिता तर्फ मौसम छात्र मौसम लिम्बूू, छात्रा उषा लिम्बू र फियोना राई छनौटमा परेका छन् ।

कक्षा ९ देखि १२ स्तरीय वतृत्वकला प्रतियोगिता तर्फ छात्रा सेखाहाङ्मा लावती र छात्र सुशान्त राई विजयी भएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार