कुम्मायकः पाँचथर जिल्लाको कुम्मायकमा भइरहेको सप्ताहव्यापी सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवा कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ र किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा लिङदेन हेलिप्टर चार्टमा मार्फत सेवामा पुगे ।
किरात सावायेहाङ थिबोङ याक्थुङ हाङसा आप्लुङगेन ताप्फेक नु माङहुप वाःदेम्मा सेवा समिती माङ्सेबुङ तथा कुम्मायक उपसमिति द्वारा आयोजित सेवा समापन समारोहमा गाउँपालिकाका अध्यक्ष बम लावती, उपाध्यक्ष महेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापो, वडा न, १ का वडाअध्यक्ष देवेन्द्र लावती, वडा न, ५ का वडा अध्यक्ष निर्मल घिमिरे, कुम्मायक कुस्सायक क्षेत्र बिकास समितिका अध्यक्ष जकेन्द्र लावती, स्थाीय समाजसेवी दलबहादुर चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष बम लावतीले कुम्मायक देवस्थलको क्षेत्र परिसरमा नियमित बिजुली प्रवाह साथै स्वच्छ पिउने पानी र हेलिप्याडको आवस्यक स्थान निर्माणको ब्यावस्थापन गरी चाल आर्थिक बर्षमा पर्यटकीय क्षेत्र घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको जानकारी गराए ।
कुम्मायक माङहिमको सप्ताहव्यापी सेवामा नेपालको विभिन्न जिल्लासँर्ग, भारतको सिक्किम, दार्जिलिङ र आसाम, भुटान लगायतका भक्तजनहरुको उपस्थिति भएकोसेवा उपसमितिका संयोजक भवानी सम्बाहाम्फेले बताए ।
यस अघि आठराइ गाँउपालिका र हिलिहाङ गाउँपालिकाको संगम स्थल नक्कलेघाट पान्थरको फेदेन स्थित सुम्हात्लुङमा समेत यस्तो सेवा सम्पन्न भएको आयोजक किरात सावायेहाङ थिबोङ याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक सेवा समितिका अध्यक्ष सेरबहादुर लावतीले जानकारी गराए ।
कुुम्मायकमा प्राचीनकालमा किराँत राजा सवायेतहाङको पालामा पुजापाठ सभा सम्मेलन गोष्ठी शाकाहारी भोजभतेरको आयोजना हुुने गरेको किम्बदन्ती छ ।
सप्ताहव्यापी सेवा समापन कार्यक्रमको अवसरमा शुक्रबार गाउँपालिकाको सार्बजनिक बिदा दिएको थियो ।