चुलाचुलीः चुलाचुली गाउँपालिकामा कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यक्रममा आधारित विद्यार्थी मूल्यांकन सम्बन्धी तालिम मंलबार सम्पन्न भएको छ ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुुद शाखाले आयोजना गरेको पहिलो चरणको तालिम सम्पन्न भएको हो ।
किरातेश्वर माध्यमिक विद्यालयमा सम्पन्न तालिममा २७ सामुदायिक तथा संस्थागत विद्यालयका २७ जना शिक्षक सहभागी भएका थिए ।
यस्तै कक्षा ५ देखि ८ तहका सामुदायिक र संस्थागत विद्यालयका २६ शिक्षकले पेपरलेस कोइस्चन मोडरेशन निर्माण गरेका थिए ।
भोली फागुन १७ गतेदेखि १९ गतेसम्म समिक्षात्मक तथा वार्षिक परीषा बारे नियमित प्रधानाध्यापक बैठकसँगै नर्सरीदेखि ९ सम्मको प्रश्नावली मोडेरेसनमा ५० जना सहभागी हुने शिक्षा शाखा प्रमुुख रामप्रसाद मिश्रले जानकारी गराए ।
तालिम सञ्चालनमा आवश्यक सबै विद्यालयबाट बनाइएको प्रश्न पत्र झिकाईको थियो । प्रश्नाली मोडरेसनमा कमलप्रसाद अधिकारी र शिक्षा शाखाका रामप्रसाद मिश्रले सहजिकरण गरेका थिए ।