सन्दकपुरमा बालबालिकाको विविध विषयमा छलफल


सरिता राई  158 पटक हेरिएको

सन्दकपुरः सन्दकपुर गाँउपालिकामा बालबालिकाको वर्तमान अवस्था र ऐन सम्बन्धि छलफल बुधबार सम्पन्न भएको छ ।

गाउँपालिकाको समन्वय तथा मानव अधिकार मञ्च नेपाल इलामको बाल अधिकार संरक्षणका लागि ऐक्यबद्धता परियोजनाले गरेको कार्यक्रममा बालबालिका सम्बन्धि ऐन, भएका व्यवस्था र भावी कार्ययोजनाबारे कार्यपालिकासँग छलफल गरेको थियो ।

छलफलमा गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बालबालिकासँग सम्बन्धि कुराहरु संवेदनशील रहेको बताउँदै बालबालिका भोलिका कणर्धार भएका कारण यसतर्फ आगामी दिनमा अझ संवेदनशील भएर योजनाबद्ध काम गर्ने जानकारी गराए । उनले परियोजनाले बनाएको कार्ययोजना सक्रिय रूपमा अगाडि बढाउँने प्रतिबद्धता जाहेर समेत गरे ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष हरि लुङेगेली मगरले भने आफुले लामो समयदेखि मन्चसँग सहकार्य गर्दै आएको र आफुहरुले गर्नुपर्ने काम मन्चले गरिरहेकोमा गरिरहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत महेश राईले पहिलो कार्यकालमा बालबालिका सम्बन्धि न्युन बजेट छुटुयाएका कारण कार्यक्रम प्रभावकारी रूपमा अघि नबढेको जानकारी गराउँदै आगामी वर्षमा बालबालिकाको क्षेत्रमा एउटा् नमुना पालिकाको रूपमा स्थापित गराउने प्रतिवद्दता व्यक्त गरे ।

छलफलमा वडा नम्बर २ का वडाध्यक्ष सनम राईले बाल विवाह, कुलत तथा दुव्र्यसनी, अभिभाकत्वको कमी, बिचैमा विधालय छाड्ने जस्ता समस्याहरु रहेको जानकारी गराए । उनले बालबालिकाको समस्या आफना अविभावक वैदेशिक रोजगारीमा जान पर्ने बाध्यता भएको भएको बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष लिलाबहादुर बुर्जाले बालबालिकाको सवालमा विविध समस्याको कारण पत्ता लगाई काम गर्नुु पर्नेमा जोड दिए ।

सहायक महिला विकास निरिक्षक सरिता खटिवडाले पालिकाको आगामी दिनमा बाल क्लब तथा बाल संजाल पुनर्गठन तथा परिचालन कार्यक्रम गर्ने, बालबालिका सम्बन्धि नियमावली एन तथा निर्देशिका निर्माण गर्ने, बाल विवाह विरुद्ध कार्यक्रम सन्चालन गर्ने साथै बालश्रम सँग संबंधित कार्यक्रम गर्ने योजना रहेको जानकारी गराइन् ।

मानव अधिकार् मन्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, एडमिन एचआर अफिसर भक्त थामी, गायत्री थेगिम लगायतको उपस्थिति रहेको थियो ।

परियोजनाका अफिसर ईश्वर मगरले सञ्चालन गरेको छलफलमा स्वागत सहित परियोजनाको विषयमा परियोजना संयोजक प्रमुख रुद्र थेवेले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार