पान्थरका न्यायिक समितिको इलाममा न्याय सम्पादन सम्बन्धि तालिम


सरिता राई  145 पटक हेरिएको

इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा विवाद, मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन सम्बन्धी तालिम आइतबार सुुरू भएको छ ।

ओपन सोसाीटी पोलेसी सेन्टर (ओएसपीसी) को सहयोगमा गुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानिय सरकार सहयोग परियोजनाले सञ्चालन गरेको तालिम पाँच दिन सम्म चल्नेछ ।

पाँचथर जिल्लाको सबै स्थानीय तहको न्यायिक समिति र उजुरी प्रशासक सहभागी तालिममा विवाद व्यवस्थापनका सम्बन्धमा अपनाउँनु पर्ने न्याय सम्पादन प्रक्रियाका विषयमा जानकारी गराइने कार्यक्रम संयोजक मनकुमार बराइलीले जानकारी गराए ।

कार्यक्रममा पाँचथर जिल्लाका स्थानीय तहका न्यायिक समितिले गर्दै आएको कार्य सम्पादनका विषयमा सबै स्थानीय तहका उपप्रमुुख तथा उपाध्यक्षले अनुुभव आदान प्रदा गरेका थिए ।

तालिमको सजिकरण मञ्चका योगराज सापकोटा, मनकुमार बराइली र गायत्री थेगिम लगायतले गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार