स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाई गर्न अखिल क्रान्तिकारीकाे माग


सेवारो खबर  122 पटक हेरिएको

काठमाडौः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उसले प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेरै अखिल (क्रान्तिकारी)ले उक्त माग राखेको हो । पद्मकन्या बहुमुखी क्याम्पस समितिकी अध्यक्ष तिर्सना आले मगरको नेतृत्वमा बालुवाटार पुगेका विद्यार्थी पदाधिकारीले स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै माध्यममा छपाइ गर्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै अखिल (क्रान्तिकारी)की अध्यक्ष तिर्सना आले मगरले भनिन्, ‘अहिले सरकारी क्याम्पसहरू राजनीति गर्ने अखडा जस्तै बनिरहेका छन् । एजेन्डाविहीन राजनैतिक भाषण र गतिविधिले विद्यार्थीहरूको भविष्य अन्योल बनिरहेको छ । तर, पद्मकन्या बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीले भने पठनपाठनमा अवरोध नगरी शैक्षिक समस्याको समाधान र हकहितको लागि विद्यार्थीहरूले प्रत्येक्ष रूपमा अनुभूति गर्ने काम गरेको छ ।’

उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुका साथै निरुत्साहित भइरहेको उदाहरण भेट्न सकिन्छ । त्यसैले स्नातक तथा स्नातकोत्तर तहमा समेत अग्रजी र नेपाली दुवै माध्यमबाट पश्रपत्र छपाइको मागसहित ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्ड समक्ष पेस गरेको अध्यक्ष आले मगरले बताइन् ।
आर्थिक वर्ष २०७९/०८० को परीक्षामा दुवै माध्यमबाट प्रश्नपत्र छपाइ गर्न अखिल (क्रान्तिकारी)ले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायमा यसबारे छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिए ।@www.shikshyasanchar.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार