राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुुधबारसम्ममा ११ विधाको खेल सम्पन्न


सेवारो खबर  213 पटक हेरिएको

फाकफोकथुम:  इलामको फाकफोकथुम गाउँपालिकामा भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन छ सहित ११ विधाको खेल सम्पन्न भएको छ ।

प्रतियोगिताको दोस्रो दिन बुधबार आज छ विधाका खेल सम्पन्न भए । सिहँदेवी माध्यमिक विद्यालयकोे खेलमैदानमा भइरहेको प्रतियोगितामा दुई सय, चार सय, आठ सय मिटर दौड, ज्याभलिङ थ्रो, लङ जम्प र हाई जम्प गरी छ विधाका खेल सकिएका हुन । यस्तै एक सय, चार सय, पन्ध्र सय मिटर दौड, सटपुुट र कराँते खेल सम्पन्न भएका छन् ।

दुई सय मिटर दौडमा छात्र तर्फ जुविलेण्ट इलाईट इलामका रिजन थापा प्रथम, सिहँदेवी मावि फाकफोकथुमका विकास लिम्बु दोस्रो र बाल ज्योति मावि चुलाचुलीका युनिश मगर तेस्रो भएका छन् । त्यस्तै छात्रा तर्फ मर्निङ ग्लोरी देउमाईकी उजेली आचार्य प्रथम, जनता मावि चुलाचुलीकी जमुना श्रेष्ठ दोस्रो र सिहँदेवी मावि फाकफोकथुमकी आयुस्मा लिम्बु तेस्रो भइन् ।

चार सय मिटर दौडमा छात्र तर्फ जुविलेन्ट इलाईट इलामका रिजन थापा प्रथम, विष्णु मावि फाकफोकथुमका नबल दँगाली दोस्रो र कृष्ण श्रम मावि सूर्योदयका समीर तामाङ तेस्रो भएका छन् । त्यस्तै छात्रा तर्फ डम्बर देवी मावि देउमाईकी अञ्जना राई प्रथम, कृष्ण श्रम मावि सूर्योदयकी सरिता घले दोस्रो र नेपाल ज्वती मावि माईजोगमाईकी सुवेक्षा देवान तेस्रो स्थान हात पारिन् ।

आठ सय मिटर दौडमा छात्र तर्फ जुविलेन्ट इलाईट इलामका अनमोल भट्टराई प्रथम, कनकाई मावि माईका विशाल राई दोस्रो र सिंह देवी मावि फाकफोकथुमका सुनिल लिम्बु तेस्रो भए । त्यस्तै छात्रा तर्फ जालपा मावि फाकफोकथुमकी निकिता ढुङ्गाना प्रथम, हिमालय मावि माईकी अनिसा शंखर दोस्रो र जीवन ज्वती मावि माङसेबुङकी यादिका देवान तेस्रो भएकी छिन् ।

हाई जम्पमा छात्र तर्फ बाल ज्वती मावि चुलाचुलीका रञ्जित रसाइली प्रथम, कनकाई मावि माईका उमेश श्रेष्ठ दोस्रो र पञ्च मावि देउमाईका लोकेश विश्वकर्मा तेस्रो भए । त्यस्तै छात्रा तर्फ अमर मावि इलामकी सुस्मिता लुइँटेल प्रथम, सरस्वती मावि रोङकी जुनु राई दोस्रो र महेन्द्रोदय मावि माङसेबुङकी सरिता तामाङ तेस्रो भइन् ।

 

ज्याभलिङ थ्रोमा छात्र तर्फ अमर मावि इलामका विमल राई प्रथम, सरस्वती मावि माङसेबुङका विशाल साम्बा दोस्रो र भानु भक्त मावि देउमाईका अंकित मगर तेस्रो भएका छन् । त्यस्तै छात्रा तर्फ बाँझो गाउँमावि चुलाचुलीकी एलिना लिम्बु प्रथम, सरस्वती मावि माङसेबुङकी मनीषा राई दोस्रो र युवा वर्ष मावि माईकी निता लिम्बु तेस्रो भएकी छिन  .

लङ जम्पमा छात्र तर्फ भानु मावि चुलाचुलीका दीप लकान्द्री प्रथम, शान्ति निकेतन मावि रोङका छिरिङ गुरुङ दोस्रो र राष्ट्रिय मावि फाकफोकथुमका रुद्र लिम्बु तेस्रो भएका छन् । त्यस्तै छात्रा तर्फ जनता मावि चुलाचुलीकी मनिता कुमाल प्रथम, राष्ट्रिय मावि फाकफोकथुमकी इन्द्रमाया निरौला दोस्रो र शिसुसेवा मावि माईकी मनि कला माझी तेस्रो भएकी छिन ।

प्रतियोगिताको पहिलो दिन हिजो पाँच विधाका खेल सम्पन्न भएको खेलमा एक सय मिटर दौडमा छात्र तर्फ चुलाचुली गाउँपालिकाको बाल ज्वति माविका युनिश मगर पहिलो भएका छन् । त्यस्तै गरी देउमाई नगरपालिकाको भानुभक्त माविका धनञ्जय श्रेष्ठ दोस्रो र सूर्योदय नगरपालिकाको कर्फोक माविका सुजल प्रधान तेस्रो भएका छन् । त्यस्तै छात्रा तर्फ देउमाई नगरपालिकाको मर्निङ ग्लोरिकी उजेली आचार्य प्रथम, जनता मावि चुलाचुलीकी जमुना श्रेष्ठ दोस्रो र माई नगरपालिकाको कन्काई माविकी कञ्चन श्रेष्ठ तेस्रो भएकी छिन ।

त्यस्तै चार सय मिटर दौडमा छात्र तर्फ जुविलेन्ट इलाईटका रिजन थापा प्रथम, विष्णु मावि फाकफोकथुमका नबल दङाली दोस्रो र कृष्ण श्रम मावि सूर्योदयका समीर तामाङ तेस्रो भएका छन् । छात्रा तर्फ डम्बर देवी मावि देउमाई नगरपालिकाकी अञ्जना राई पहिलो, कृष्ण श्रम मावि सूर्योदयकी सरिता घले दोस्रो र नेपाल ज्वती मावि माईजोगमाईकी सुवेक्षा देवान तेस्रो भएका छन् ।

१५ सय मिटर दौडमा छात्र तर्फ आदर्श मावि इलामका कौशुव राई प्रथम, अमर कल्याण मावि माईजोगमाईका पासाङ तामाङ दोस्रो र चिसापानी मावि माङसेबुङका सुशान्त राई तेस्रो भएका छन् । त्यस्तै छात्रा तर्फ सिरिसे मावि माईजोगमाईकी सुनिता राई पहिलो, राष्ट्रिय मावि फाकफोकथुमकी इन्द्रमाया निरौला दोस्रो र नेपाल टार मावि इलामकी मौसमी राई तेस्रो भएकी छिन ।

त्यसै गरी छात्र तर्फ सट पुटमा भानु मावि चुलाचुलीका रञ्जित रसाइली पहिलो, शान्ति निकेतन मावि रोङका छिरिङ गुरुङ दोस्रो र राष्ट्रिय मावि फाकफोकथुमका इरन लिम्बु तेस्रो भएका छन् । छात्रा तर्फ सिहँदेवि मावि फाकफोकथुमकी निरु थेगिम प्रथम, आदर्श मावि इलामकी अञ्जना राई दोस्रो र पञ्च मावि देउमाईकी आयुश्मा राई तेस्रो भएका छन् । त्यसै गरी आज कराते प्रतियोगिता पनि सम्पन्न भएको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्याक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितारिया), तेक्वान्दो र उसु सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार