इलामः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
‘लागुपदार्थ दुुव्र्यसन ताथ विपद व्यवस्थपनमा हामी स्वयंसेवी’ कविता प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, सन्दकपुर गाउँपालिकाकी पूर्णिमा भट्टराईल प्रथम भएकी छिन् ।
अमर माध्यमिक विद्यालय, बरबोटे इलाम नगरपालिकाकी प्रश्ना खतिवडा द्वितिय, सूर्योदय नगरपालिकाको समाल्बुङ माध्यमिक विद्यालयकी सविना लिम्बू तृतिय र रोङ गाउँपालिकाको शान्तिपुर माध्यमिक विद्यालयकी तृष्णा भूजेल सान्त्वना भइन् ।
विजेताले क्रमशः पाँच हजार, तीन हजार, दुुई हजार र एक हजार नगद पुरस्कारसँगै प्रमाण पत्र हात पारेका छन् ।
अभियानले कक्षा ९ देखि १२ सम्म अध्ययनरत जिल्लाका सबै संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा भाग लिन सूचना गरेपनि १५ सामुदायिक विद्यालयका विद्यार्थीले मात्र सहभागाी भएका थिए ।
प्रतियोगिताको निणार्यकको भूमिका कवि हाङयुग अज्ञात प्रतिभा पौडेलले निर्वाह गरेका थिए ।
अभियान कार्यक्रमले प्रदेश भरी सबै माध्यमिक विद्यालयको कक्षा ९ देखि १२ सम्मका किशोर किशोरीहरूलाई लागु पदार्थ दुुव्र्यसनको कुुलत तथा प्रयोग गर्नबाट निरूत्साहित गरी नैतिक, जिम्मेवार तथा असल नागरिकका रूपमा सामाजिक दायित्व निर्वाह गर्ने साथै पिद व्यवस्थापन सम्बन्धमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरी स्वयंसेवी भावना जाग्रित गराई स्वयंसेवी किशोर किशोरीहरू उत्पादनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।