माईः इलामको माई नगरपालिका ९ चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि पाँच दिने तालिम सुरू भएको छ ।
वडा कार्यालयको आर्थिक सहयोगमा महिला उद्यमी समूहले आयोजना गरेको तालिममा कार्यक्रम उद्घोषणसँगै भाषणकलाको बारेमा जानकारी गराइने समूहका सञ्जना राईले जानकारी गराइन् ।
समूहका अध्यक्ष निरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लीलाकुमार राई, कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, वडा सदस्य सोनिया लिम्बू, गणेश तामाङले शुभकामना मन्तव्य राखे ।
तालिममा मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता याम माबोहाङ लिम्बू, सुरेश पोर्तेलले सहजिकरण गरिरहेका छन् ।