सूूर्योदय नगरपालिका देशकै उत्कृष्ट नगरपालिका


सेवारो खबर  504 पटक हेरिएको

इलामः इलामको सूूर्योदय नगरपालिकाले देशकै उत्कृष्ट नगरपालिका पुुरस्कार प्राप्त गरेको छ । स्थानीय आर्थिक विकासको क्षेत्रमा काम गरे बापत प्रदान गरिने पुरस्कारबाट नगरपालिका पुरस्कृत भएको हो ।

नेपाल नगरपालिका संघको ३० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार प्राप्त गरेको जनाइएको छ । दुुई सय ९३ पालिका मध्ये स्थानीय आर्थिक विकास क्षेत्रमा योगदान गरेकोले नगरपालिकाले मल्टिपल एक्सिलेन्सी आवर्ड प्राप्त गरेको हो ।

आर्थिक रचना र प्रणालीले मानिसको समग्र विकासको विधि पद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन नगरपालिकाले आफ्नो सबै क्षेत्रलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढाउँने काम गरेकाले पुरस्कृत भएको नगर प्रमुख रणबहादुर राईले बताए ।
‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुर्योदय नगरपालिका पहिलो बनेको भन्दै राईले भने-‘हालसम्मको प्रथम र पालिकाहरूमध्ये दोस्रो र कार्यसम्पादनमा पनि निकै राम्रो रहेको छ ।’

नगरपालिकाले सार्वजनिक सेवाहरूलाई सुदृढीकरण गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी, नैतिकतापूणर्, कार्यप्रणालीको विकास गर्न स्पष्ट दृष्टिकोण तयार गरेको राईले जानकारी गराए ।

नागरिकको गुनासो सुन्न “ गुनासो चौतारी “ वडा-वडामा प्रारम्भ गरेको छ । नियमिति सार्वजनिक सुनुवाई गर्दै आएको छ । नगरपालिकाको एप्स खुल्ला गरिएको छ । नगरवासीको चाहना र ईच्छालाई अघिकतम् सम्वोधन गर्न र सघन अन्तर सम्वन्ध मार्फत विकास गर्न यस्ता धेरै भन्दा धेरै सुझापका औजारहरू समेतको व्यवस्था गरेको छ जनाइएको छ ।

उकृष्ट नगरपालिका बनाउन भूमिका खेल्ने मेरो जनप्रतिनिधि टीम, प्रमुख प्रशासकीय अधिकृत लयायत सम्पूणर् कर्मचारी टीम, टोल विकास संस्थाहरू, सम्पूणर् रोकारवालाहरूप्रति हार्दिक आभार गर्दछु नगर प्रमुख राईले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार