इलामका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय तालिम


सरिता राई  278 पटक हेरिएको

इलामः इलाम जिल्लाका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय कार्य सम्पादन व्यवस्थापन सम्बन्धि तालिम शुरू भएको छ । इलाम बाजरमा सोमबार शुुरू भएको तालिममा विवाद, मेलममिलाप र न्यायिक समितिको कार्य सम्पादनका विषयमा जानकारी गराइनेछ ।

स्थानीय सरकारको समन्वय, मानव अधिकार मञ्च नेपाल इलामको गुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजनाको आयोजनामा तालिम शरू भएको जनाइएको छ ।

तालिममा न्यायिक समितिले गरिरहेको कामको अनुभव आदान प्रदान, समितिमा भैरहेका अभ्यास र सिकाई एकअर्कामा आदानप्रदान साथै नीतिगत न्याय सम्पादनमा कार्यगत एकरूपता विषयमा जानकारी गराइने बतायएको छ ।

३५ जनाको सहभागिता रहेको तालिम मानव अधिकार मन्चका योगराज सापकोटा, पारस राई, मनकुमार बराईली र गायत्री थेगिम लगायतले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार