‘विभेदको अन्त्य प्रत्येक व्यक्तिको मनमा हुुनुुपर्छ’


तारा खाती  161 पटक हेरिएको

इलामः प्रतिस्पर्धा गर्ने ठाउँमा दलितलाई उभ्याउने कुरामा दलहरुले नै विश्वास नगर्ने इलाम बजारमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।
५८ औँ अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित ‘इलाम जिल्लामा जातीय विभेद र छुवाछुतको अवस्था र यसको अन्त्यको लागि सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रमका वक्ताले दलितलाई सबै क्षेत्रको अर्थपूणर् सहभागिता हुनुपर्नेमा जोड दिए ।

अन्तक्रियाका वक्ताले दलितहरूलाई आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक लगायतको सबै क्षेत्रमा अर्थपूणर् सहभागी गराएर राज्यको मुल धारमा लैजानु पर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय प्रमुख जयप्रकाश राईले वर्गीय रूपले आर्थिक सम्मुनत नभएसम्म छुवाछुत जस्ताको तस्तै रहने बताउँदै, राजनितिक, आर्थिक, शैक्षिक, चेतना, सँस्कारममा परिवर्तन गर्न सकियो भने मात्र छुवाछुत अन्त्य हुदै जाने बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले छुवाछुत समाजको रोग रहे्को बताउँदै, कानुन बनेपनि यसको अन्त्य हुन नसकेको भन्दै शिक्षाको क्रान्तिले मात्र छुवाछुत अन्त्य नहुने यसको लागि हरेक व्यक्तिले आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको बताए ।

प्रहरी उपरिक्षक दिलिप घिमिरेले पछिल्लो समय जातीय विभेदका घटनाहरू दर्ता नभएको बताउँदै छुवाछुतको समस्या समाधान एकैचोटी परिवर्तन गर्न नसकिने र यो समस्या बिस्तारै हट्दै जानेमा विश्वास व्यक्त गरे ।

उपरिक्षक घिमिरेले प्रहरीले हेर्ने प्रमाणको आधारमा हो त्यसैले छुवाछुत अन्त्य गर्ने कुरा कानुन बनेर मात्र हुदैन मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

नेपाली काँग्रेसका लक्ष्मण कार्कीले जातीय विभेद छलफल गरेर समाधान नहुने बताउँदै विभेद अन्त्यका लागि प्रत्येक व्यक्तिहरुले आफ्नो मनमस्तिष्कबाट नै परिवर्तन गर्नु पर्ने कुरामा जोड दिए ।

मानव अधिकार मञ्च नेपाल इलामका देवेन्द्र विश्वकर्माले अन्तरक्रिया कार्यक्रमको बारेमा जानकारी गराउँर्दै कानुनमा छुवाछुत अन्त्य भएको घोषणा भए पनि लिखित रूपमा मात्र भएको व्यवहार लागु नभएको र विद्यमान अवस्थामा पनि छुवाछुत तथा विभेदका घटना जस्ताको तस्तै रहेको बताए ।
अझै पनि छुवाछुतको विभिन्न स्वरूप जिल्ला रहेको बताउँदै, विश्वकर्माले भने-‘सावर्जजनिक स्थलमा गरिने विभेद, पानीमा, दुध बिक्रीको क्रममा गरिने विभेद, अन्तरजातीय विवाहको नाममा गरिने विभेद ज्यूकात्यू रहेको छ ।’

मानव अधिकारकर्मी समेत रहेको विश्वकर्माले नीति निर्माण कार्यन्वयन गर्ने ठाउँमा दलितहरुको सहभागिता शून्य रहेको, दलितहरुको आर्थिक अवस्था कमजोर रहेको, सुकुम्बासी समस्या, बेरोजगारको संख्या धेरै रहेको, जातको आधारमा विभेद छुवाछुतपूणर् व्यवहार गरी समाजको दोस्रा दर्जामा दलित समुदायलाई राखेको बताउँदै, राजनीतिक दलका पार्टीहरू, स्थानीय सरकार सरोकारवाला, नागरिक संगठन, कानुन व्यवसायी, सञ्चार माध्यमहरु लगायतले छुवाछुत अन्त्यको लागि पहल गर्नु पर्ने सुुझाब राखे ।

कार्यक्रममा दलित मुक्ति मोर्चा इलामका प्रकाश परियारले दलित समुदायले मान्छे भएर बाँच्न पाउने अवस्था नै नरहेको बताउँदै चेतनाको कमी, बोल्न नसक्ने, संघर्ष गर्दै कार्यान्वयनका विषयमा नै पछि परेको बताए ।

नगर महिला संघ इलामका संयोजक पुष्पा खनालले जातको आधारमा विभेद गरिनु आफैमा निर्लज कुरा रहेका बताइन् । उनले दलित समुदायलाई गरिने व्यवहार मान्छे रूपमा नगरिएको समेत बताउँदै सचेतनाको कार्यक्रम पीडित र पीडकलाई नै सहभागी गराएर गर्न सके अझ महत्वपूणर् रहने समेत बताएकी हुन् ।

नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाईले सञ्चार माध्यमको तर्फबाट अझै पनि छुुवाछुुत तथा विभेदको पीडालाई बाहिर ल्याएर पैरवी गर्नुु पर्नेमा जोड दिए ।

मानव अधिकार मञ्चका अध्यक्ष मोहन सिंह थेवेले राजनितिक दल अभिवाभक रहेको हुँदा विभेदको अन्त्यका लागि एक्सन ओरियन्ट भएर काम गर्नु पर्ने बताए । उनले प्रत्येक पालिका स्थानीय सरकारले नीतिगत रूपमा कार्यान्वयन गर्न सके छुवाछुत अन्त्य हुनेमा विश्वास व्यक्त गरे ।

विश्वभर जातीय विभेद तथा रंगभेद समस्या भएका देशहरुमा घटना चर्किदै गएको र विरोधका स्वरहरु संसारभर फैलन थालेको, संयुक्त राष्ट्रसंघ महासभाले सन् १९६६ मार्च २१ तारिकलाई रंगभेद उन्मुलनको अन्तराष्ट्रिय दिवसको घोषणा गरे सँगै यो दिवस मनाउन सुरु गरिएको हो ।

मानव अधिकार मञ्च नेपाल इलाम, उत्पीडित जातीय अधिकार मञ्च, इलाम उद्योग वाणिज्य संघ अमेरिकन कर्नर, सुनचाँदी व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, मानव अधिकार एलाइन्सको संयुक्त आयोजनामा भएको कार्यक्रम मञ््चकी उर्मिला राईले सञ्चालन गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार