इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बुधबार विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरको हो ।
सरकारी कार्यालयमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक लगाउँने, लेखिएका बोर्ड हटाउने/मेटाउने, कोशी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने, प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिष्कार गर्ने कार्यत्रलम रहेका छन् ।
प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम, प्रदेशको नाम कोशी खारेजी संवाद एवम् मिडिया अभियान, प्रदेशको नाम कोशी खारेजी अनलाइन सभा र प्रदेश नं. १ प्रदेश सभा घेराउ/अवरोध गर्ने कार्यक्रमलाई पूर्व घोषि कार्यक्रममा राखिएको छ ।
कार्यक्रम सफल पार्न सर्घष समितिले गाउँ/सहर जागरण मार्च अभियान (प्रशिक्षण, प्रतिरोध संरचना निर्माण, सङ्घर्ष समितिको पूणर्ता), १४ जिल्ला/क्षेत्रीय सभा, काठमाडौँमा मोटरसाइकल जुलुस, राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति समुदाय एवम् प्रदेश १ का जनतासँग समन्वय र छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश नं. १ भर सरकारी कार्यालय, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैर सरकारी संस्था लगायत सबैले लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोधपत्र वा विज्ञप्ति पठाउने र पूर्व घोषित कार्यक्रमहरुको निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।
षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश नाम प्रदेश सभाले नामकरण गरेकोमा प्रदेश नाम ‘कोशी’ खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन गराउन दबाब दिने उद्देश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ ।
संघर्ष समितिले अन्दोलनलाई सफल बनाउँन अनिश्चितकालीन आमहडतालको समय भने पछि तोक्ने जनाएको छ ।