घाइते लाजेहाङको निधन, छानबिन गरी दोषीलाई कारबाही र सहीद घोषणा गर्न माग

मृत्यूको जिम्ममा कोशी नाम राख्ने ८२ जना सासद, पार्र्टीहरू, मुख्य मन्त्री हिकमत कार्की, वर्तमान प्रधानमन्त्री र प्रहरीले जिम्मा लिनुपर्छ


सेवारो खबर  168 पटक हेरिएको

धरान: ‘कोशी’ नाम खारेज माग गर्दै भएको जन प्रदर्शनमा घाइते लाजेहाङ सुक्वाबा (पदम)को उपचारको क्रममा धरानंमा निधन भएको छ ।

प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको विपी काइराला स्वाथ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा निधन भएको सघर्ष समितिले जनाएको छ ।

गएको चैत ५ गते विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा प्रहरीको लाठीचार्जले टाउको गम्भीर चोट लागेका लाजेहाङको उपचारकै क्रममा शुक्रबार विहान २ः३० बजे निधन भएको किरात याक्थुङ चुम्लुङका सघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए ।

संघर्ष समितिले लाजेहाङको मृत्यूको जिम्ममा कोशी नाम राख्ने ८२ जना सासद, पार्र्टीहरू, मुख्य मन्त्री हिकमत कार्की, वर्तमान प्रधानमन्त्री र प्रहरीले जिम्मा लिनुपर्ने जनाएको छ । समितिले शुक्रबार आज जारी गरेको बिज्ञप्तीमा मृत्युको अनुुसन्धान गर्न, छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र सहीद घोषणा गर्न माग गरेको छ ।


यस अघि लाजेहाङ (पदम)को थप उपचारको लागि काठमाडौ लाने तयारी भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार