काठमाडौंः किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रम हरू हरेक दिन सशक्त र कडा रूपमा बढाउन आव्हान गरेका छन् ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई सङ्घीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको बताउने समितिको मुख्य घटक कियाचुका केन्द्रीय अध्यक्ष येक्तेनले कुनै भ्रममा नपरी अझ सशक्त आन्दोलन गर्न आह्वान गरेका हुन् ।
येक्तेनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, ‘वार्ताको कुनै जानकारी संघर्ष समितिलाई छैन । यी पूर्वघोषित आन्दोलनका कार्यक्रमहरु हरेक स्थानमा हरेक दिन ससक्त र अझ कडा रुपमा बढाउनुहुन सम्पुणर्मा अनुरोध गर्दछु । सबै आन्दोलनकर्मीहरूमा वार्ताको भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।’
गत चैत ५ गते कोशी प्रदेश नामकरणविरुद्ध बिराटनगरमा भएको विशाल जनप्रदर्शनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भएका लाजेहाङ सुक्वाबा (पदम लिम्बू)को उपचारको क्रममा शुक्रबार मृत्यू भयो । लाजेहाङको मृत्यु पछि उत्पन्न परिस्थितिको जानकारी गराउँदै शनिबार संयुक्त सङ्घर्ष समितिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । लगत्तै लाजेहाङको घटनाका बारेमा छानबिन गर्न संघीय गृह मन्त्रालयले शनिबार गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।@nepalmamila.comबाट ।