प्रथम सन्दकपुर महोत्सव हुुँदै, बैशाख १० सम्म सञ्चालन हुने महोत्सवमा, एक लाख पर्यटक आउँने


सेवारो खबर  176 पटक हेरिएको

इलामः इलामको सन्दकपुर गाउँपालिकामा चैत्र २४ गतेदेखि प्रथम सन्दकपुर महोत्सब हुँदैछ । अहिले महोत्सवको प्रचारप्रसारले भइरहेको छ ।
पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सवको प्रचारप्रचार तिब्र पारिएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

महोत्सवमा ११ किसिमका कार्यक्रम समावेश गरिनेछ । फुटबल सहित म्याराथन ल्याण्डरोभर यात्रा, साँस्कृतिक कार्यक्रम, साइक्लिङ तथा पर्यटकीय क्षेत्रको प्रचार गरिने कार्यक्रम तय गरिएको मुल आयोजक समितिका सचिव रुपेन नेम्वाङले जानकारी दिए ।

महोत्सवमा बालन नाच, संगीनी नाच, कौडा नाच, हुरर्रा नाच लगायतका जातीय झाँकी समेत समेत समावेश गरिएको छ । एउटा पालिकाको प्रयासले एकिकृत विकास हुन नसक्ने भएपछि अन्तरपालिका समेत समन्वय गरेर काम अगाडी बढाउन महोत्सव फलदायी बन्ने गाउँपालिकाका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।

उनले सन्दकपुर गाउँपालिकाले यसको थालनी समेत गरेको बताएका छन् । सीमा जोडिएका पालिकासँग समेत समन्वय गरेर अगाडी बढे मात्र दिगो विकास हुने भएकाले आफुहरु त्यसतर्फ समेत अगाडी बढ्ने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गाउँपालिकामा पूर्वाधारका कामहरु धेरै अगाडी बढेकाले पनि कृषि र पर्यटनमा गाउँपालिकाले अब काम गर्ने बताएका छन् ।

महोत्सवमा स्थानीय कृषि उत्पादन देखी साँस्कृतिक एवम् खेलकुदका कायक्रम गरिने प्रथम सन्दकपुर महोत्सव मुल आयोजक समितिका अध्यक्ष जीवन शिवाले जानकारी दिए ।

शिवाका अनुसार २४ गते देखी देउराली बजारमा सन्दकपुर गोल्डकप आमन्त्रित फुटवल प्रतियोगिता हुने छ । प्रतियोगितालाई पनि महोत्सवमा नै जोडेर २४ गतेदेखी नै महोत्सव सुरु गरिने जनाइएको छ । ५ गतेबाट १० गतेसम्म सांस्कृतिका कार्यक्रम हुने प्रचारप्रसार समितिका संयोजक सुरेस बुर्जा मगरले जानकारी गराए ।

नयाँ वर्षका अवसरमा गरिने महोत्सवमा सन्दकपुर गाउँपालिका बाहिरका १ लाख पर्यटक पुुर्‍याउँने लक्ष्य छ ।

महोत्सव सम्पन्न गर्न ११ विषयगत समिति
महोत्सव सम्पन्न गर्न ११ बिषयगत समिति निर्माण गरिएको छ ।

महोत्सव सफल बनाउन ४३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । वडा स्तरिय उप समिति गठन गरेर प्रत्येक वडामा कार्यक्रम गर्ने गरि प्रचारप्रसारको काम हुँदै आएको छ ।

महोत्सव सफल बनाउन २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । फुटवल प्रतियोगिता नियमित कार्यक्रम अन्तर्गत नै रहेको र म्याराथन नयाँ कार्यक्रम भएकाले सो खर्चमा समावेश गरिएको छैन ।

महोत्सव सफल बनाउन संघीय र प्रदेश पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, निर्माण ब्यवसायी, बिभिन्न संघसंस्थाबाट सहयोग संकलन गरिने बताइएको छ । सन्दकपुर गाउँपालिका पर्यटकीय हिसावले अगाडी रहेको छ ।

विश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरी, जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको सन्दकपुर, ढाप पोखरी, देशकै तेस्रो अग्लो टोड्के झरना लगायत समेत गाउँपालिकामा पर्दछन् ।

महोत्सव अवधिभर घुम्न चाहने पर्यटकलाई गाउँपालिकाका बिभिन्न पर्यटकीय स्थलमा पुर्‍याउन १० वटा लेण्डरोभर तयारी अवस्थामा राखिने बताइएको छ । बाहिरका पर्यटकहरु भित्र्याउन महोत्सव फलदायी बन्ने सन्दकपूर गाउँपालिकाले अपेक्षा लिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार