इलाम र सुुर्योदय नगरपालिका मेलमिलापकर्ता उत्पादन गर्दै


सेवारो खबर  109 पटक हेरिएको

फिक्कलः इलाम र सुुर्योदय नगरपालिकाले बुधबार एकै दिन मेलमिलापकर्ताको तालिम शुुरू गरेका छन् ।

तालिम मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिमको उत्घाटन इलाम नगरपालिकामा उपप्रमुख तथा न्यायिक समितिका संयोजक विष्णु दाहालको अध्यक्षतामा शुुरू भएको छ । सुुर्योदय नगरपालिमा उपप्रमुख तथा न्यायिक समितिका संयोजक दुुर्गा बरालको अध्यक्षतामा शुुरू भएको छ ।

८ दिनसम्म सञ्चालन हुने तालिम मार्फत न्यायिक समितिको विवाद व्यवस्थापन गर्ने कामलाई प्रभावकारी बनाउन सीपयुक्त मेलमिलापकर्ता उत्पादन गर्न बताइएको छ ।

इलाम नगरपालिकामा २७ र सुुर्योदय नगरपालिकामा ३२ जना सहभागी तालिममा मेलमिलाप परिषदको पाठ्यक्रममा आधारित विवाद व्यवस्थापनको विभिन्न सीप प्रदान गरिने बताइएको छ ।

इलाम नगरपालिमा गायत्री थेगिम, मनकुमार बराइली र अस्मिता मगरले सहजिकरण गरिरहेका छन् । सुुर्योदय नगरपालिमा पारस राई, याम माबोहाङ र सुरेश पोर्तेलले सहजिकरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार