पुवामझुवामा अस्थायी प्रहरी बिट स्थापना


सेवारो खबर  135 पटक हेरिएको

इलामः इलाम नगरपालिका ३ स्थित पुवामझुवा अस्थायी प्रहरी विटको स्थापना गरिएको छ ।

माननीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा बुधबार अस्थायी प्रहरी विटको उद्घाटन गरिएको हो ।

अपराध रोकथाम तथा शान्ति सुरक्षा कायम गर्न स्थापना गरिएका प्रहरी बिटकोे उद्घाटन सांसद बस्नेतले गरेको बताइएको छ ।

कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधी तथा स्थानिय मानिसहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार