नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने

विजेतालाई आयोजकले नौ लाख १५ हजार रुपायाँ बरबरको पुरस्कार वितरण गर्दै


सेवारो खबर  47 पटक हेरिएको

इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ ।

इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आयोजक समिति रहेको छ ।

प्रतियोगितामा सहभागी विजेतालाई आयोजकले नौ लाख १५ हजार रुपायाँ बरबरको पुरस्कार वितरण गर्ने जनाएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग र अजोड इन्स्योरेन्स बीमाको प्रायोजनमा हुने प्रतियोगितमा भागलिने पुरुष प्रतियोगिले इलाम गोदक जौवारीदेखि इलामबजार हुँदै माइपोखरी सातखाल्डे खेलमैदानसम्म दौडिनु पर्नेछ । यस्तै महिला सहभागिले इलामबजारको ठूलो टुँडिखेलदेखि माइपोखरी सातखाल्डे खेलमैदानसम्मको दुरि दौडेर पार गर्नुपर्ने आयोजकले जनाएको छ ।

नयाँ वर्षको अर्थात २०८० बैशाख १ गते बिहान ७.३० बजे पुरुष तर्फको म्याराथन इलाम नगरपालिका वडा नं. १० को गोदक नारायणचोकबाट राजदुवाली, भन्ज्याङ्ग, महानन्दचोक, ठूलो टुँडिखेल, इलामबजार, धोवीधारा, बिप्ल्याटे, बरबोटे, जस्विरे, माइपोखरी, सातखाल्डे खेलमैदानसम्मको दुरि पार गर्नुपर्नेछ ।

महिलातर्फको म्याराथन ठूलो टुँडिखेलबाट बिहान ९ बजे शुरु भई उल्लिखित रुट अनुसार हुनेछ ।

प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट १५ जना धावन पुरस्कृत हुनेछन् । यसमा पुरूष १० र महिला ५ जनाले विजेताको पुुरस्कार हात पार्नेछन् ।
इलामको पर्यटन प्रवर्धनका साथै खेलाडीहरुमा उत्प्रेरणा तथा प्रोत्साहन हुने विश्वास गरिएको गरिएको म्याराथनको अन्तिम बिन्दु माइपोखरी सातखाल्डेमा पुरस्कार वितरण तथा धावकलाई सम्मान गरिने बताइको छ ।

म्याराथनमा विजेता धावकलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरुष तर्पm पहिलो पुरस्कार दुुई लाख ५० हजार, दोस्रो एक लाख ५० हजार, तेस्रो एक लाख, चौथो ५० हजार, पाँचौ ४० हजार, छैटौ ३५ हजार, सातौ २५ हजार, आठौ २० हजार, नवौ १५ हजार, दसौ १० हजार हात पार्नेछन् ।

महिलातर्पफ पहिलो पुरस्कार एक लाख, दोस्रो ५० हजार, तेस्रो ३५ हजार, चौथो २५ हजार पाँचौ १० हजार नगद राशी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा महिला र पुरुष गरी ७० जना भन्दा बढी धावकहरुको सहभागिता रहने बताइएको छ ।

नव वर्षको स्वागतसँगै म्याराथन धावकहरुलाई हौसला तथा इलाम पर्यटकीय नगर भएकोले पर्यटन प्रचार प्रसारका माध्यमबाट यस क्षेत्रको आर्थिक समृद्धिका लागि जनचेतना जगाउने र प्रथम सन्दकपुर महोत्सव २०७९।०८० को प्रचार प्रसार समेतका लागि इलाम नगरपालिका वडा नं. १० को गोदक नारायणचोकबाट राजदुवाली, भन्ज्याङ्ग, महानन्दचोक, ठूलो टुँडिखेल, इलामबजार, धोवीधारा, बिप्ल्याटे, बरबोटे, जस्विरे, माइपोखरी, सातखाल्डे खेलमैदानसम्मको सडक रुटको दायाँबायाँ पर्ने पसल, होटल र घरहरुको अग्रभागमा जलघडा साथै स्वागत ब्यानर राख्न अनुरोध गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार