इलाममा तीन कृयाशिल सञ्चारकर्मी पुरस्कृत


सरिता राई  274 पटक हेरिएको

इलामः नेपाल पत्रकार महासंघ इलामले आज शुक्रबार इलाममा आयोजना गरेको एक कार्यक्रममा जिल्लाका तीन कृयाशील सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ इलामले स्थानपना गरेको १० हजार राशीको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट टिका खतिवडा प्रमाण पत्र सहित पुुरस्कृत भएका छन् ।

त्यसै गरी नगर दश हजार राशीको २०७८ को महिला कृयाशिल पत्रकार पुरस्कारबाट सबिता पाण्डेले र २०७९ को पुरस्कारबाट सुजता सुनुवार नगद प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महांसघका केन्द्रिय सदस्य भीषण राई, प्रदेश अध्यक्ष लिलावल्लव घिमिरे, इलाम अध्यक्ष विप्लव भट्टराई लगायतले पुरष्कृत पत्रकारलाई सम्मान पत्र र चेक प्रदान गरे ।

हरेक वर्ष बैशाख १ गते वितरण हुँदै आएको आशिष स्मृति र महिलाहरुलाई पत्रकारितामा हौसला गर्ने उदेश्यले स्थापना गरिएको जनाइएको छ ।
पुरस्कृत सबिता पाण्डेले आफुले पत्रकारितालाई मर्यादित रूपमा गरिरहेको र यस्तो किसिमको पुरस्कारले आगामी दिनमा काम गर्न थप हौसला मिलेको बताइन् ।

पुरस्कारले आफुलाई थप मर्यादित र उत्तरदायी भएर काम गर्न प्रेरित गरेको पुरस्कृत सुजता सुनुवारले बताइन् । यस्तै पुरस्कृत टिका खतिवडाले यस पुरस्कारले आगामी दिनमा अझ लगनशिल भएर काम गर्ने चुनौती समेत थपिएको बताए ।

पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम सन्चालन भिम चापागाईंले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार