इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले अनलाईन पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङले जानकारी गराए ।
आगामी सालदेखि नयाँ बुलन्दको वार्षिक उत्सवको अवसरमा वार्षिक रूपमा एकजना अनलाइन पत्रकारलाई नगद १० हजारले पुरस्कृत गरिेने सम्पादक योङहाङले जानकारी गराए ।
कार्यक्रममा नयाँ बुलन्दले विभिन्न चुनौतीको बाबजुत लोकप्रियता कायम राख्न सफल भएको बताउँदै निरन्तरताको कामना गरेका थिए ।
नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुुर्याउँनु पर्ने सुुझाएका थिए ।
वार्षिक उत्सवका अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे, इलाम अध्यक्ष विप्लव भट्टराई लगायतले बोलका थिए ।