चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न


सरिता राई  57 पटक हेरिएको

इलामः बुलन्द मल्टिटेक्निकल मिडिया प्रालीको आयोजनमा संचालित ४ दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।

तालिममा नलाइन पत्रकारितामा के कुराहरू आवश्यक र महत्वपूणर् छन् के के कुरामा ध्यान दिनुपर्छ र मोबाईल पत्रकारिताको विषयमा जानकारी गराइएकोे थियो ।

पछिल्लो समय अनलाइन पत्रकारिताको प्रभाव बढेसँगै पत्रकारहरुमा मल्टिमिडिया पत्रकारिता सम्न्बधी ज्ञान दिदै जिल्लाका कृयाशिल पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो तालिम सन्चालन गरिएको बताइएको छ ।

समापन समारोहमा बोल्दै सहजकर्ता भीषण राईले अहिले समाजमा दुईखालको पत्राकारिता रहेको एक दायित्वपुर्वक जवाफदेहीताका साथ गरिने र अर्को बिकाउमा गरिने किसिम रहेकाले पत्रकारितालाई मर्यादित पेशाको रूपमा लान आवश्यक रहेको बताए ।

पत्रकार महासंघको प्रदेश अध्यक्ष समेत रहेका घिमिरेले पत्रकारहरु आजको दिन अझ बढी सचेत र कृयाशिल भएर अघि बढनु पर्ने आवश्यक रहेको जानकारी गराए ।

कार्यक्रम नयाँ बुलन्दका सम्पादक राम योङ्हाङ्ग्को अध्यक्षतामा भएको तालिममा जिल्लाका २३ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण बसन्त बस्नेत र भीषण राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार