झापामा ओली र नेम्बाङलाई पहिचान पक्षधरले देखाए कालो झण्डा


सेवारो खबर  203 पटक हेरिएको

झापाः झापाकाे बुद्दशान्ति नगरपालिकामा पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली र उपाध्यक्ष सुवास नेम्बाङलाई कालो झण्डा देखाइएका छन् ।

बुधबार बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको जनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकका अनुसार शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अवरोध गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ ।

झडपमा २ प्रहरी घाइते भएका छन् भने एक आन्दोलनकारी पक्राउ परेका छन् । घाइते हुनेमा ईलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सुविन राजबङ्शी रहेको जिल्ला प्रवक्ता डिएसपी खगेन्द्र रिजालले बताए । पक्राउ पर्नेमा संघीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र लिङ्देन रहेको बताइएको छ छन् ।

आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार