नेकपा माओवादी केन्द्र निकट जनवर्गिय संगठन इलाम नगरपालिकाको सम्मेलन सम्पन्न


सेवारो खबर  140 पटक हेरिएको

इलामः नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन तथा मोर्चाको इलाम नगरपालिकाको सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले छ वटा जनवर्गिय संगठनको नेतृत्व चयन गरेको छ । यसमा योङ कम्युनिस्ट लिग (वाइसीएल ) नेपालको अध्यक्षमा नविन राय, नेपाल दलित मुक्ती मोर्चाको अध्यक्षमा देव त्रिखत्री, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अध्यक्षमा केदार न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्षमा भीम रसाइली, अखिल नेपाल खेलकुद महासंघ अध्यक्षमा पुकार राई, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्षमा रन्जिता जिमीलाई चयन गरेको छ ।

अखिल महिला संघ क्रान्तिकारी नगर अध्यक्ष रन्जिता जिमिले स्वागत गरेको कार्यक्रममा नेपाल किसान महासंघ संयोजक केदार नेउपाने, मनत्ब्य सिन्धु राई, शान्ता बस्नेत, प्रभास शर्माले बोलेका थिए । यसका साथै दिपेन राई, प्रकाश परियार, बिक्रम जित राई लगायतले मन्तव्य राखेका थिए ।
नगर पार्टी अध्यक्ष विक्रम लिम्बुको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका जिल्ला सह-इन्चार्ज सोममाया राई(सिन्धु)को प्रमुख आतिथ्यता साथै प्रदेश सदस्य शान्ता बस्नेत, प्रवाश शर्मा, दिपेन राई, जिल्ला कार्यालय सचिव प्रकाश परियार, नेपाल दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष ठाकुर खाती, सचिव टिकाराम बराईली, प्रेस सेन्टरका नेता राम योङहाङ, बुद्दमाया सोङ्मी लगायतको उपस्थिीति रहेको थियो ।

बत्ताहरूले उपस्थित सबै अतिथि कमरेडलाई धन्यवाद र निर्वाचित सम्पुणर् समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार