भ्रष्टाचारका दोसी कारबाहीमा दृढतापूर्वक लाग्न अनेरास्ववियू इलामको सरकारलाई आग्रह


सेवारो खबर  140 पटक हेरिएको

इलामः नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियू इलामले भ्रष्टाचारीको कारबाही प्रक्रियामा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ ।

नक्कली भुटानी शरणार्थी काण्ड लगायतको भ्रष्टाचारहरुको विरूद्ध इलाम चोक बजारमा बिहिबार प्रदर्शन गर्र्द भ्रष्टाचारीलाई कारबारी गर्न सरकारलाई खुुट्टा नकमाउन आग्रह गरे ।

विभिन्न प्लेकार्ड सहित चोक बजार पुुगेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै संगठनले भ्रष्टाचारका विरूद्ध देशव्यापी अभियान चलाएको नेकपा एकीकृत समाजवादी पार्टीका मोर्चा इन्चार्ज मानबहादुर गुुरूङले बताए ।

पेशागत महासंघ एकीकृत समाजवादीका नेता रूपेश अर्यालले नक्कली भुटानी शरणार्थी काण्डमा सिंगो राज्य संयन्त्रलाई भ्रष्ट म्यानपावर कम्पनीमा परिणत गर्न सञ्जाल बनाएर गरिएको संगठीत अपराधका दोशीलाई कारबाही हुनुु पर्ने माग गरे ।

भ्रस्टाचारका ह्वाइटबडी, सिसि टिभी फुटेज, झापाको गिरिबन्दु टि स्टेट, ललिता निवास, ओम्नि लगायतको फायल खोली अघि बढाउन सरकारले आँट गर्नु पर्ने अनेरास्ववियू इलामका अध्यक्ष डिकेन्द्र दाहालले बताए ।

अध्यक्ष दाहालले राज्यमा नेता भएपछि जस्तोसुकै अपराध गर्न पनि पाइन्छ भन्ने डरलाग्दो दण्डहिनताको मनोविज्ञान स्थापना गर्न खोजिएको बताउँदै कानुनी राज्य र सुशासनका लागि प्रतिबद्ध रहन प्रधानमन्त्री र गृहमन्त्रीलाई अनुरोध गर्दछु भन्दै भने भ्रष्टाचारीहरू विरूद्धको तपाईंको र सरकारको कदममा हाम्रो ऐक्यबद्धता छ ।

कोणसभा सञ्चालन गर्दै अनेरास्ववियू इलाम सचिव चेतन अधिकारीले कानुनी राज्य र सुशासनका लागि प्रतिबद्ध रहदै अनेरास्ववियूले थालनी गरेको भ्रष्टाचार विरुद्धको अभियानमा एकवद्दता हुन आग्र गरे ।

यस्तै, नेकपा एकीकृत समाजवादी जिल्ला समिति इलामले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रियामा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ ।

जिल्ला अध्यक्ष भक्त केशिद्धारा एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै निपक्ष्य छानबिन गर्न माग गरेको छ । “कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नजाओस् । र, सबै दोषीहरुमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ ।

दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी छानबिन अगाडि बढाउनसमेत हाम्रो पार्टी माग गर्छ,” विज्ञप्तिमा भनिएको छ । त्यस्तै, एकीकृत समाजवादीले आवश्यक दबाब सिर्जना गर्न राजनीतिक दल, जनसमुदायलाई आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार