यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुुने


सेवारो खबर  27 पटक हेरिएको

इलामः इलामको माई नगरपालिकामा आगामी जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ ।

माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागि हुने छन् । नेपाल रग्बी संघको आयोजना तथा प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघको संयोजन रहनेछ ।

प्रतियोगितामा दुई सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने छ । प्रतियागिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिए । केन्द्रिय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

संघियताको पूणर् अभ्यास स्वरुप जिल्ला जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना अघि वढाउनु सकारात्मक रहेको माई नगर रग्बी संघका अध्यक्ष रञ्जीत काफ्लेले जानकारी दिए ।

इलाममा यस्ता राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताए । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खान र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिए । प्रतियोगिता सेभेन ए साईड संरचना अनुसार सञ्चालन हुने छ ।

नेपाल रग्बी संघले भर्रखरै विश्व रग्बी संघको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूणर् सावित हुने आयोजकले अपेक्षा लिएको छ । नेपालले यस अघि २०१४ मा एशिया रग्बीको एसोशियस्ट सदस्यता पाएको थियो । त्यस पछि २०१८ जुलाईमा पूणर् सदस्यता पाएको थियो । नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालन संगै घरेलु प्रतियोगिता पनि सफलता पूर्वक सम्पन्न गरेको छ ।

गत भदैमा एशिया रग्बीले पूणर् सदस्यताका लागि सिफारीस पछि नेपालले विश्व रग्बीको पूणर् सदस्यता पाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार