इलामः इलाम नगरपालिका एक साँखेजुङका स्थानीयले हरेक महिना एक दिन श्रमदान कार्यक्रम शुुरू गरेका छन् । उनिहरूले श्रमदानसँगै आफ्नो गाउँ जाने सडक आफैले मर्मत गर्न थालेका छन् ।
माइभ्याली चिया कारखनादेखि कार्की गोलाईसम्मको ५ किलोमिटर कच्ची सडकको नाली बनाउने तथा सडक मर्मतमा शनिबार ६० बढी स्थानीयवासीको सहभागीता रहेको बाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी गराए ।
तिम्सीनाको पहलमा तथा वडा कार्यालयको सहयोगमा स्थानीले श्रमदान गरेका हुन ।
वडा कार्यालयको सहजिकरण गरेको श्रमदान कार्यक्रमले आउँदा दिनमा साँखेजुुङका सवै बाटोहरुमा शुरु गर्ने वडा अध्यक्ष गायत्रीराम वस्नेतले जानकारी गराए ।
‘श्रमदानको कार्यक्रम देशै भरी पुर्याउन सके स्थानीयलाई सडकको आफ्नो हो, यसको संरक्षण स्वयम् आफैले गर्नु पर्छ भन्ने भावनाको वृद्धि हुने केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहालले वताउँदै भने यसले सम्रह देश विकासमा टेवा पुग्छ ।’
श्रमदानमा साविक साँखेजुङ वडा नम्बर २ का पूर्व वडा अध्यक्ष हरिप्रसाद तिम्सीना, केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहाल, नेपालटार माध्यमिक विद्यालयका शिक्षक टेकेन्द्र वस्नेत, वडा सदस्य महोन गुरुङ लगायत स्थानीय युवा, देखि वृद्धहरुको समेत उत्साहजनक सहभागिता रहएको थियो ।
श्रमदातालाई नेपालटारकी व्यवसायी तथा समाजसेवी शकुन्तला राईले खाजाको व्यवस्था गरेकी बताइएको छ ।