न्यायिक समितिले आफूूखुुशी मेलमिलाप सम्बन्धि तालिम सञ्चालन गर्न नपाउँने

अन्य संस्था वा निकायले दिएको तालिमको प्रमाण पत्र मान्य नहुँने


याम माबोहाङ लिम्बू  482 पटक हेरिएको

इलामः सर्वोच्च अदालतको मेलमिलाप परिषदले स्थानीय तहको न्यायिक समितिलाई आफूूखुुशी मेलमिलाप सम्बन्धि तालिम सञ्चालन गर्न नपाउँने सचेत गराएको छ ।

सुचिकृत तालिम प्रदायक संस्थाबाट मात्र तालिम गराउँन मेलमिलाप परिषदले २०८० बैशाख ३१ गते तालिम प्रदायक संस्थालाई पठाएको पत्रमा उल्लेख छ ।

मेलमिलाप सम्बन्धि ऐन, २०६८ र मेलमिलाप सम्बन्धि नियमावली, २०७० ले प्रदान गरेको व्यवस्था बमोजिम मेलमिलाप परिषदबाट स्वीकृत पाठ्यक्रम एवं निर्धारित मापदण्ड समेतका आधारमा मेलमिलाप सम्बन्धि ऐन, २०६८ को दफा २७ उपदफा (ग) तालिम सञ्चालन गर्न विभिन्न संस्थाहरू तोकिएको र त्यस्ता तोकिएका संस्थाहरूले मेलमिलाप परिषदबाट प्राप्त स्वीकृतका आधारमा मेलमिलाप सम्बन्धि तालिम गराउँनुु पर्ने भएपनि पछिल्ला समयमा कतिपय संस्था र नियकायबाट परिषदबाट स्वीकृत पाठ्यक्रम एवं निर्धारित मापदण्ड विपरित तालिम सञ्चालन गर्ने गरेको र कतिपय निकायबाट आफू खुशी तालिम सञ्चालन गरी मेलमिलाप सम्बन्धि आधारभूत तालिमको प्रमाणपत्र जारी गर्ने गरेको पाइएको हुँदा सचेत पत्र पठाउँनुु परेको परिषदका अधिकृत देविराम भण्डारीले हस्ताक्षर गरेको पत्रमा जनाइएको छ ।

तालिम प्रदायक संस्थालाई पठाएको पत्रमा मेलमिलाप परिषदबाट स्वीकृत प्राप्त संस्थाहरूद्धारा स्वीकृत पाठ्यक्रम एवं निर्धारित मापदण्ड प्रदान गरि गरेको तालिमको प्रमाण पत्र बाहेक अन्य संस्था वा निकायबाट प्रदान गरेको तालिमको प्रमाण पत्रलाई मान्यता प्राप्त नहुँने व्यहोरा समेत उल्लेख छ ।
परिषदले पठाएको पत्रमा भनिएको छ, ‘मेलमिलाप परिषदबाट तालिम प्रदायक संस्थाको रूपमा तोकिएका संस्थाहरूबाट मात्र तालिम सञ्चालन गर्नुपर्नेछ । मेलमिलापकर्ता उत्पादन गर्ने तालिममा परिषदबाट स्वीकृत पाठ्यक्रम एवं मापदण्डको आधारमा तालिम सञ्चालन गर्नुपर्नेछ । तालिमको अवधी ८ दिवसीय ४८ घण्टाको हुनुपर्नेछ ।’

‘तालिममा सहभागिहरूको हाजिरी विवरण, प्रशिक्षकको पाठ्यक्रम अनुसार प्रशिक्षण गरेको प्रशिक्षकको नाम सहितको पाठ्यक्रम अनुसारको विवरण सहित प्रतिवेदन तयार गरी तालिम समाप्त मितिले ७ दिन भित्र मेलमिलाप परिषदमा पेश गर्नुुपर्नेछ । मेलमिलाप सम्बन्धि तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दा मेलमिलाप परिषद, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तालिम सञ्चालन गरिने सम्बन्धित जिल्लाको अनुुगमन समिति र सम्बन्धित स्थानीय तहलाई अनिवार्य जानकारी गराई सञ्चालन गर्नुपर्नेछ । यसका साथै तालिम सञ्चालन गर्दा अनुुगमनको लागि कम्तिमा १० दिन अगावै मेलमिलाप परिषदलाई तालिमको जानकारी गराउनुु पर्नेछ’ भनेर परिषदको पत्रमा उल्लेख छ ।

परिषदकाे पत्र :

मेलिमलाप परिषदको पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार