सुधार गृहले परिचित इलाम कारागारमा सुरक्षा मार्गचित्र २०८० शुरु

कारागार भित्र हुँने गरेको शोषणको व्यवसाय अन्त्य


याम माबोहाङ लिम्बू/सरिता राई  60 पटक हेरिएको

इलामः सुधागृहले परिचित इलाम कारागारमा कारागार सुरक्षा मार्गचित्र सोमबारदेखि कार्यान्वयनमा आएकोे छ ।

कारागारमा हुँने सम्पूर्ण बेतिथीलाई हटाउँन कारागार सुरक्षा मार्गचित्र २०८० शुरू गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराए ।

कारागार परिसरमा मार्गचित्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले भने- ‘कारागार भित्र हुँने चारदेखि पाँच गुणा महंगो व्यापार अब चल्दैन । लागत मुल्य हिसाब गरेर सबैले एकै दरमा दैनिक उपभोग्य वस्तु तथा सेवा पाउँनेछन् । यसले कारागार भित्र हुँने गरेको शोषणको व्यवसाय अन्त्य गरेको छ ।’

सबै खालका कैदी बन्दीलाई सुफत मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँन कारागार परिसर भित्रे कैदी बन्दी सहकारी पसल समेत शुरु गरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारीका अनुसार कैदी बन्दीले कारागारमा सिदा बापत दैनिक ८० रूपायाँ र ७ सय ग्राम चामल, जाडो र गर्मीका लागि कपडा वा नगद हात हातमा प्राप्त गर्नेछन् ।

बन्दीलाई सरकारले दिने गरेको दैनिक भत्ता प्रत्येक महिनाको १५ गते भित्र प्रत्येक कैदी बन्दीले बुझिलिएको हस्ताक्षरसँगै भिडियो समेत जिल्ला प्रशासन कार्यालयमा बुझाउँन पर्ने सुरक्षा मार्गचित्रले कारागारमा हुने गरेको बेतिथीसँगै जसले कैदि बन्दीले पाउँने सेवा सुविधामा समेत पारदर्शिता आउँने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुरक्षा मार्गचित्रको उद्घाटन पछि कारागार भित्र सबैलाई सहज र सुफत मूल्यमा वस्तु तथा सेवा प्रवाहले दैनिकीमा सहजता ल्याउँने कैदी बन्दीले संक्षिप्त प्रतिकृया दिए ।

कारागार सुरक्षा मार्गचित्र २०८० कार्यान्वयनले चौकीदार, नाइके र सह नाइकेको चर्को मूल्यको एकाधिकार अन्त्य हुने छ । सबै कैदी बन्दीले एउटै मूल्यमा वस्तु तथा सेवाको उपभोग गर्न पाउँनेछन् । बन्दीहरु स्वयंमको व्यवस्थापनमा वस्तु तथा सेवाको आपूर्ति हुने, मुनाफा रहित व्यवसाय सञ्चालन हुने, उल्लेख गरेको छ ।

मार्गचित्रका अनुसार नगन्य बन्दीहरुले कारागार भित्र मुनाफाको धन्दा चलाइ रहने र बाँकी बहुसंख्यक बन्दीहरुले चर्को मूल्यको शोषण सहन गरिरहनु पर्ने स्थितीको अन्त्य हुनेछ । बन्दीहरुको आम भेलाबाट निर्माण भएको समिति र स्वीकृत भएको कार्यविधी बमोजिम कैदी बन्दीको सहकारी पसल सञ्चालन हुनेछ ।

बन्दीले कारागारमा सिदा बापत दैनिक ८० रूपायाँ र ७ सय ग्राम चामल पाउँछन् । जाडो र गर्मीका लागि कपडा वा नगद प्राप्त गर्नेछन् । यस्तो सेवा सुविधा चौकीदार नाइके मार्फत वितरण हुने प्रचलनले कारागार प्रशासन र बन्दी बीचको सोझै सेवा प्रवाहको प्रणाली भयो भने चोकीदार नाइकेबाट प्रायः हुने गरेको चुहावट शून्यमा झार्न सकिन्छ । सिधै सुविधा बन्दीको हातमा पुुग्छ । यसका लागि कारागारका कर्मचारी सुरक्षाकर्मीको उपस्थितीमा हात हातमा वितरण गरेर त्यसको भिडियो सामाजिक सञ्जालमा राख्न सकिने मार्गचित्रमा उल्लेख छ ।

एक सय २० क्षमताको कारागारमा अहिले दुुई सय ७६ जना कैदी बन्दी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार