प्रदेश सभा सदस्य राना सवार गाडीमा ढुुङ्गा प्रहार


सेवारो खबर  477 पटक हेरिएको

इलाम: प्रदेश सभा सदस्य रामबहादुर राना सवार गाडीमा बुधबार दिउँसो ढुुङ्गा प्रहार भएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेको रानाको गाडीमा दिउँसो १ बजे माङ्सेबुङ गाउँपालिका ३ को वडा कार्यालय (साविक गाविस भवन) घर्ती दाेभान क्षेत्रमा अज्ञात स्थलबाट ढङ्गा प्रहार भएकोे प्रहरीले जनाएको छ ।

ढुुङ्गा प्रहार गर्दा राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको सिसा फुटेको छ । गाडीको अगाडि र पछाडीको सिसा फुटेको जनाइएको छ ।

प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका प्रदेश सभा सदस्य रानालाई अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए ।

घटनामा संलग्नको खोजी भइरहेको छ । सासंद राना भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी इलामको बैठकमा सहभागी हुँन माङ्सेबुङ चतुरेमा झापा दमकदेखि आउँदै गरेका राना आक्रमण पछि जिल्ला कमिटीको बैठकमा सहभागी नभइ दमक तिरै फर्किएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार