‘कोशी नाम राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग’


याम माबोहाङ लिम्बू/सरिता राई  241 पटक हेरिएको

इलामः प्रदेशको नाम कोशी राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग भएको नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जहरूमाया जिमीले बताइन् ।

उनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजातिलाई भोट बैकको रूपमा मात्र प्रयोग गरेकोमा दुःख व्यक्त गरिन ।

उपाध्यक्ष जिमीले अहिले भइरहेको आदिवासी जनजातिको पहिचानको शान्तिपूणर्आन्दोलनलाई कम नआक्न भन्दै तोडमोड नगर्नु चेतावनी समेत दिइन् ।

आदिवासी जनजाति अनुहारका पार्टीका नेतृत्वले प्रदेशको नाम कोशी राखेर आफ्नै सन्ततिको पहिचान नामेट बनाएका छन्, उपाध्यक्ष जिमीले भनिन् -‘विश्वास गरेको नेतृत्वले हामीलाई धोका दिएको छ । आदिवासी जनजाति भूमिपुत्रको मर्म र भावनालाई सम्बोधन गर्न पहिचानको आधारमा नामाकरण गर्नुपर्छ । आन्दोलन गरेर शासकहरूलाई नाम संशोधन गर्न बाध्य बनाउँनु पर्छ ।’
उपाध्यक्ष जिमीले प्रदेश नम्बर एकमा मुख्य मन्त्री बाहेकको पार्टीका नेतृत्वलाई नाम संशोधनको प्रस्ताव ल्याउँनु आग्रह गर्दै, भनिन् – ‘संशोधन प्रस्ताव ल्याएमा आदिवासी जनजाति महासंघले सहयोग गर्छ । आदिवासी जनजातिको भावनालाई सम्बोधन गर्न पहिचानको नाम राख्न हामी तपाईहरूलाई सहयोग गर्छौ ।’

जिमीले प्रक्रियागत रूपमा गरेको आन्दोलनले प्रदेशको नाम संशोधन नगरे सशक्त आन्दोलन गर्न आवश्यक रहेकोले सबै आदिवासी जनजाति महासंघ आबद्ध संगठन तयार रहन आग्रह गर्दै यसका लागी सबै एकजुट भएर अघि बढनुको विकल्प नभएको बताइन् ।

राज्य सञ्चालनले राज्यको मुल धारमा पुुर्‍याउँन नचाहेको, आदिवासी जनजातिलाई फूटाएर सधै हामी विरूद्ध शासन गरेको दाबी गर्दै उपाध्यक्ष जिमीले भनिन्- आदिवासी जनजाति आफै पनि सुध्रिनु पर्छ । समुदायको विकास र नेतृत्वका लागि अघि बढ्नु पर्छ ।’

‘आदिवासी जनजातिका सन्ततीलाई ढोल झ्याम्टा मात्र होइन् । राज्यको सबै क्षेत्रमा सहभागी तथा आत्म निर्भर बनाउँन शिक्षाको क्षेत्रमा समेत अगाडि बढाउँन योजनाबद्ध कार्यक्रम महासंघले ल्याउँनु पर्छ ।’- जिमीले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार