आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा पुन येक्तेन


सेवारो खबर  98 पटक हेरिएको

इलाम: नेपाल आदिवासी जनजाति महासघं इलामको ८ औं अधिवेसन चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न ।

अधिवेशनबाट अध्यक्ष येक्तेनलाई दोस्रो कार्यकालका लागि चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ छानेको छ ।

सचिवमा याम वाङ्देल, सहसचिवद्वयमा अर्जुन मगर र माङ्गा उराउ कोषाध्यक्षमा बालकुमारी देवान छानिए ।

सदस्यहरुमा ङीमा दोर्जे शेर्पा, दिपक कुमाल, गंगा सुनुवार, दावा लाप्चा, छिकिन तामाङ, दिपक दनुवार, दिपक गुरुङ र इन्द्रकुमारी योल्मो चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार