‘प्रदेश सभा सदस्य राना आक्रमणको प्रयास अलोकतान्त्रिक’- एमाले इलाम


सेवारो खबर  159 पटक हेरिएको

इलाम:  नेकपा एमाले इलामले पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामबहादुर रानाको आक्रमणको प्रयासमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संबैधानिक प्रकृयाबाट जननिर्वाचित संसदको दुुई तिहाइले कोशी प्रदेश पारित गरेकोले यसको विरोधको नाममा कानुन हातमा लिने, कसैको शान्तिपूणर् भेला र संगठन गर्न पाउने तथा निर्वाध रूपमा आवतजावत गर्न पाउँने अधिकार माथि हस्तक्षेप गर्नुु अलोकतान्त्रिक, अवान्छित र अपराधिक गतिविधी कदाचित ठिक नभएको पार्टी जिल्ला कमिटीको निष्कर्ष छ पार्टी अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तीमा छ ।

विज्ञप्तीमा भनिएको छ ‘पहिचानवादीका नाममा केही अपरिचित व्यक्तिहरूले बेलाबेलामा हुल हुज्जत गर्ने, कहिले पार्टी श्रद्घेय अध्यक्ष माथि सांघातिक हमलाको प्रयास गर्ने, कहिले पाटीका नेताहरू माथि आक्रमण प्रयास गर्ने हाम्रो पाटीका माननीयहरू माथि अभद्र र अशोभनीय व्यवहार गर्ने आदि जस्ता असंवैधानिक र गैर कानुनी काम र कृयाकलापको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ साथै घटनामा संलग्न जोसुकै भएता पनि कानुनी दायरामा ल्याएर सख्त कारबाही गर्न र शान्ति सुरक्षा बहाल गर्न सरकारसँग जोड दार माग गर्दछ ।’

यस्तै, पाटी प्रदेश कमिटीले पनि घटनाको विषयमा ध्यानाकर्षण भएको एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेको रानाको गाडीमा दिउँसो १ बजे माङ्सेबुङ गाउँपालिका ३ को वडा कार्यालय (साविक गाविस भवन) घर्ती दोभान क्षेत्रमा अज्ञात स्थलबाट ढङ्गा प्रहार भएकोे थियो ।

ढुुङ्गा प्रहार गर्दा राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको सिसा फुटेको छ । गाडीको अगाडि र पछाडीको सिसा फुटेको जनाइएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको छ । सासंद राना भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार