आत्महत्या गर्न खोज्ने झापाका एक युवाको इलाममा उद्धार


सेवारो खबर  93 पटक हेरिएको

इलाम: आत्महत्या गर्न खोज्ने झापाका एक युवालाई प्रहरीले उद्धार गरेको छ । ३५ वर्षका झापाका युवालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानीय मानिसले देखी जिल्ला प्रहरी कार्यालय फोन मार्फत जानकारी गराएपछि तत्काल प्रहरीले डोरी सहित निजलाई उद्धार गरेर उपचार पछी जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विपन विश्वकर्माले जानकारी गराए ।

उद्धारपछि घरायसी समस्याको कारण आत्महत्या गर्न खोजेको प्रहरीलाई बताएको जनाइएको छ ।

आफन्तलाई खबर गरी बुझाउँनको आवश्यक पहल भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार