सन्दकपुरमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न


सरिता राई  83 पटक हेरिएको

इलामः सन्दकपुर गाँउपालिकाको सहकार्यमा स्थानीय तहमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको आयोजना, किन्डर्मिसनरेक जर्मनीको सहयोगमा संचालित बैठकले बालबालिका सम्बन्धि कार्य योजना समेत बनाएको छ ।

बैठकमा अहिले गाउँपालिकामा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयनको अवस्था कार्यक्रम बाल क्लबको अवस्था र बालबालिका सम्बन्धि कार्यविधिबारे छलफल भएको थियो ।

बैठकमा विषेशगरि बालअधिकार् समिती, बाल कल्याण अधिकारी, माध्यमिक विद्यालयका प्रधानध्यपक र संरक्षक शिक्षकहरुको सहभागी रहेको थियो ।

सनदकपुर गाँउपालिकामा बालबालिका सम्बन्धि कार्यविधी निर्माण भैई गत बैशाख ३ गते स्वीकृत भएको छ । जसमा ३४ दफा ४ अनुसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार