‘सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुुनुपर्छ’


सेवारो खबर  308 पटक हेरिएको

थर्पू:  सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुँनुपर्ने पान्थरको याङ्वरक गाउँपालिकामा भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

उनिहरूले गाउँपालिकाको न्यायिक समितिले आयोजना मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा शुरू भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम उद्घाटन समारोहका बक्ताले सबै नागरिकमा न्यायको समान अवसर हुँनुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक बाबा मेन्याङ्बोले न्यायिक समितिमा आउँने विवाद व्यवस्थापन गर्न मेलमिलापकर्ताको कार्य सम्पादनमा क्षमता विकास गर्नुु पर्नेमा जोड दिए । उनले विवाद व्यवस्थापनमा सर्वसाधारणको न्यायमा पहुँच निर्माण गर्न मेलमिलापकर्ताको क्षमता विकास गर्न आवश्यक भएको बताइन् ।

न्यायिक समिति सदस्य धनराम ढुङ्गेलले विवाद व्यवस्थापनमा सबैको पहुँचसँगै मेलमिलापकर्तालाई आवश्यक प्राविधिक सीप सिक्नु पर्ने बताए । उनले मेलमिलापकर्तामा विवाद व्यवस्थापनको सीप महत्वपूर्ण भएकोले विधिगत विवाद व्यवस्थापनमा जोड दिए ।

वडा नम्बर ४ का वडा अध्यक्ष सविनकुमार माबोले विवाद व्यवस्थापन जनप्रतिनीधिले गर्ने नभई मेलमिलापकर्ताले हर्नुु पर्ने नितिगत व्यवस्था भएकोले यसलाई ध्यान दिएर मेलमिलापकर्ताले आवश्यक प्राविधिक सीप सिक्नु पर्ने बताए । उनले विवाद व्यवस्थापनका विषयमा सर्वसाधारण नागरिकलाई समेत स्थानीय सरकारलाई बुझाउँनु पर्नेमा जोड दिए ।

याङवरक गाउँपालि न्यायिक समितिको आयोजना मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा बुधबार शुरू भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिममा मानव अधिकार मञ्चका योगराज सापकोटा र याम माबोहाङले सहजिकरण गरिरहेका छन् ।

तालिममा गाउँपालिकाको सबै वडाका ३२ जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार