इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ ।
समन्वय समितिले बुधबार १० गते एक विज्ञप्ती जारी गर्दै विरोध प्रदर्शन गर्ने जनाएको हो ।
प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निणर्य गरेकै दिन प्रदर्शन गर्ने किरात याक्थुुङ चुुम्लुुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे सेर्पा, पहिचान सहितको प्रदेश नं. १ पनः नामाङ्नक अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघ अध्यक्ष लाक्पा सेर्पाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बस्नुका साथै उल्टै आन्दोलनरत जनतालाई आक्रोशित पार्ने प्रयास भइरहेकाले २०८० जेठ १४ गतेदेखि विराटनगरमा विरोध प्रदर्शन गर्ने निणर्य भएको छ । प्रदेश सभा जेठ १४ गते २ बजे बोलाएको विज्ञप्ति आइसकेको हुनाले शान्तिपूणर् सशक्त आन्दोलनमा जुट्न आम प्रदेशवासीलाई आव्हान गर्दछौँ, भनिएको छ ।
‘प्रदेश १ को मुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा उत्पन्न समस्याको समाधान खोज्नुको सट्टा झन चर्काउनतिर उद्धत देखिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले दिँदै आएको एकपछि अर्को च्यालेन्जलाई स्वीकार्दै प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त सङ्घर्ष समितिले प्रदेशको केन्द्र विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ ।’
शान्तिपूणर् रूपमा विरोध, धर्ना गर्न पाउने संवैधानिक अधिकार प्रयोग गर्दै आन्दोलनरत पक्षलाई दमन गरिनु मानवअधिकार विरुद्धको अपराध हुन्छ । सरकार समाधान नचाहने, प्रहरी आन्दोलनरत जनता विरुद्ध दमनमा उत्रिँदै निहत्था जनतामाथि गोली प्रहार गर्ने प्रहरी विरुद्ध छानविन गरी कारबाही गर्न समेत यस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।
विज्ञप्ती: