इलामको दुुई विद्यालयमा लैङ्गिक हिंसा र लागुु औषध विरूद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न


सेवारो खबर  167 पटक हेरिएको


इलामः इलाम नगरपालिकाको दुई विद्यालयमा लैंगिक हिंसा तथा लागु औषध बिरुद्द सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा इलाम नगरपालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुम्बेक माध्यमिक विद्यालय र अमर उच्च माध्यमिक विद्यलायमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिद्यालयका प्रधानाध्यापक नरेश राईको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सोही वडाका वडा अध्यक्ष गिरीराज रिजाल, स्थानिय ब्यक्ति, शिक्षक/शिक्षिका तथा बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।


अमर माध्यमिक विद्यालयमा प्रधानाध्यापक सोमनाथ निरौलाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा वडा सस्दय बसन्ति नुगो, स्थानिय ब्यक्ति तथा बिद्यार्थिहरूको उपस्थिती रहेको थियो ।

दुवै कार्यक्रममा सहभागिहरूलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुबेदीले लैंगिक हिंसा, लागु औषध सम्बन्धी विभिन्न विषयमा जानकारी गराए ।

सहभागीलाई बिषय बस्तुमा आधारित सन्देश मुलक पर्चा पम्प्लेट समेत बितरण गरिएको जनाइएको छ ।

त्यस्तै गरी प्रहरी चौकी रक्से इलामले मेची राजमार्गमा सवारी साधनमा सवार रहेका यात्रुहरु सँग ट्राफिक सचेतना कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार