‘तोकिए भन्दा बढी भाडा लिए प्रहरीलाई सम्पर्क गर्नु’-जिप्रका

सूचना के छ ? सूचना सहित


सेवारो खबर  208 पटक हेरिएको

इलामः जिल्ला प्रहरी कार्यालय इलामले इलाम झापाको यात्रामा तोकिएको भाडा भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ ।

प्रहर कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क  गर्न अनुरोध गरेको छ ।

यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलस किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जानकारी गराउँन भनेको छ । यसका साथै जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल सम्पर्क नम्बर ९८५२६८०७१० पुलिस सञ्चारको सम्पर्क नम्बर ९८५२६९००३० र ट्राफिक कार्यालय इलामको सम्पर्क नम्बर ९८५२८३२२४८ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

जेठ ८ गते जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला व्यवसायिसँग बसेको बैठकले इलाम झापाको भाडा दर ४ सय २५ रूपाँया, इलाम फिदिमको भाडा दर ४ सय र इलाम ताप्लेजुुङको भाडा दर ८ सय ९० रूपायाँ निर्धारण गरेको जनाइएको छ । अन्य लामो तथा छोटो दुरिको भाडा दर पनि चाँडै समायोजन हुने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार