माई नगरपालिकाको लोदिया खोलाको निर्माणाधिन पुलको काम रोकियो


सेवारो खबर  77 पटक हेरिएको

इलामः माई नगरपालिकाको लोदिया खोलाको निर्माणाधिन पुल लच्किएपछि पुलको काम रोकिएको छ ।

नगरपालिकाको वडा नम्बर ३ मुसेटार र ढकाल कुुइनेटो जोड्ने पुलको दोस्रो स्ल्याब टेन्डर वायर तन्काउने क्रममा केही भाग लच्किएपछि काम रोकिएको वडा अध्यक्ष देउकुमार तामाङले जानकारी गराए ।

मर्मत गर्दै गरेको ठाउँको भविष्यमा टिकाउँ सुनिश्चित नभएसम्म अध्यक्ष तामाङसहित स्थानियले मर्मत कार्य तत्काल रोक्न माग गरेपछि पुलको काम रोकिएको हो ।

पुल निमाणर्को क्रममा हेलचेक्र्याई गरेकाले पुलको केही भाग लच्किएपछि काम रोकेर सम्बन्धित विज्ञसँग चित्र बुुझ्दो जवाफसँगै भविष्यमा पुलमा समस्या आएमा निर्माण पक्ष जिम्मेवारी लिने सुनिश्चित नभएसम्म काम रोकेको स्थानीय एन्जेस येक्तेनले जानकारी गराए ।

पुलको ३ स्ल्याब मध्ये एक पूरा भई सकेको छ । निर्माण हुँदै गरेको भाग दोस्रो भएको स्ल्याबमा १२ वटा टेन्डर वायरको प्रयोग हुनेमा ११ वटा वायर तन्काइ सकेको एउटा वायर तन्काउने क्रममा भ्राइबेटरको कमी, अत्यधिक तापक्रम भएको र मुनिको भागमा तेर्छो पाइप भएको कारण क्युरिङको कमिसँगै मसला मजाले अपुग भएको कारण पुलमा समस्या आएको निर्माण ब्यबसायी धुर्ब उप्रेतिले जानकारी गराए ।

निर्माण व्यवसायि उप्रेतीले पुल चर्किनु अनौठो नभएको भन्दै पुल निर्माणका सामग्री (गुणस्तरिय फोस्रक कन्वेक्स्ट्रा इपिटेन, एडोबन्ड एक्स, मापेइ, एटिमाइक्रोन) नेपालमा नभएको भारत दिल्लीबाट ल्याएर मर्मत गर्दा चर्किएको भाग पहिले भन्दा मजबुद हुने ५० बर्षसम्म केही नहुँने बताए । उनले आफू टाढाको नभएको भोलि दिन केही भएको खण्डमा यसको जिम्मेवारी लिने प्रतिबद्धता नगर उपप्रमुख हिमा भण्डारीसँग व्यक्त गरे पनि स्थानीय विस्वस्त हुन नसकेकाे जनाइएको छ ।

एक सय पाँच मिटरको जयबिष्णु के एम समता जेबि कम्पनीले ८ करोड १५ लाख बराबरको निर्मणाधिन पुलको २०७८ असार २२ गते ठेक्का भई मिति २०८० असार सम्ममा काम सम्पन्न गर्नु पर्ने निर्माण कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार