पक्राउ परेका नेता कार्यकर्ता नछोडे बुधबारदेखि प्रदेश व्यापी आम हडताल गर्ने संर्घष समितिको चेतावनी


सेवारो खबर  85 पटक हेरिएको

इलामः प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संर्घष समितिले पक्राउ परेका नेता कार्यकर्ता मंगलबार कार्यालय समयसम्ममा रिहाई नगरे थप आन्दोलन गर्ने चेतवनी दिएको छ ।

जेठ १४ गते आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त रिहाई नगरे भोली जेठ १७ गते बुधबारदेखि प्रदेशव्यापी आम हडताल गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

संयुक्त सङ्घर्ष समितिले सोमबार निकालेको प्रेस विज्ञप्तीमा जेठ १४ गते पक्राउ परेका नेताकार्यकर्ता जेठ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेसम्म जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम हड्ताल गर्न बाध्य हुने चेतावनी दिएको हो ।

आन्दोलनको क्रममा २० जना घाइते, ८६ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका मध्ये २७ नेता कार्यकर्ता अझै पछि रिहाई नभएको विज्ञप्तीमा उल्लेख छ ।

घाइतेहरूको विराटनगरको कोशी, न्यूरो लगायतको अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ । आन्दोलनका क्रममा ९० जनलाई धरपक्कड, २५ बढी घाइते भएपनि २० जना अस्पतालमै उपचार गराइरेहको बताइएको छ । गिरफ्तार गरिएका ८६ जनामध्ये २७ जनालाई अझै रिहाई गरिएको छैन ।

पक्राउ परेका ८६ नेता कार्यक्रकर्ता
आन्दोलनको क्रममा पक्राउ परेका कार्यकर्ताहरूमा जीवन हाताचो राई, कृष्ण चोङ्बाङ, गोबिन्द्र आङबुहाङ लिम्बू, अशोक चेम्जोङ, थाङसाङ लावती, देवान राई, बिष्णु भट्टराई, भीम राई, मञ्जु सोताङ राई, नगेशचन्द्र राई, छिला राई, हर्कराज लिम्बू, अशोक चेम्जोड लिम्बू, सुजन लिम्बू, शुसान राई, प्रयास बान्तावा राई, दिपा आदाङ्मा लिम्बू, सन्तकुमार राई, सुनिल लावती, पुजन राई, बुद्धराज लिम्बू, सुदिप राई, प्रेम लिम्बू, ज्ञानेन्द्र लिम्बू, बिबस लिम्बू, गणेश लिम्बू, सोम याक्खा, सङ्घर्ष राई, सुबिन्द्र थेगुवा लिम्बू, मानध्वज सम्बाहाम्फे, थेगुवा तायेमहाङ, बीरेन्द्र खारा, सोम लिम्बू, सन्दीप लावती, सागर शेर्पा, भूमिका राई, रूपेश लिम्बू, सोमकुमार लिम्बू, साहास राई, दिलबहादुर पन्धाक, बिष्णुकुमार चोङबाङ, तारानाथ सुब्बा, ज्ञानेन्द्र राई, रामबहादुर लिम्बू, सिताराम राई, राजभक्त सङ्मी लिम्बू, सञ्जिप योङ्हाङ, मनकुमार लिम्बू, सिर्जना बेघा, दीपकला लिम्बू, गणेश मिवक लिम्बू, सन्तोष सम्बाहाम्फे, रोशन लिम्बू, सुमन केरुङ, मानप्रसाद मादेन, कुलप्रसाद लिम्बू, सुमन लावती, प्रजना राई, अमृतकुमार राई, सुक्रराज थेबे, मनकुमारी बेघा, नवीन लिम्बू पोमु, सुकुम राई, ताराकुमार लिम्बू, सुक्रराज लिम्बू, सोना ओख्राबो लिम्बू, शंकर लिम्बू, जेबी साँबा, कमला चाम्लिङ राई, प्रमोद लिम्बू, छबिरमण सार्की, स्वणर्िमहाङ लिम्बू, दुर्गा प्रसाद मगर, बिजय बिक्रम लिम्बू, पदमबिक्रम लिम्बू, प्रदिप लिम्बू, खड्गबहादुर लिम्बू, रुद्रबहादुर तामाङ, भक्तबहादुर लिम्बू, कमलसिंह तिगेला, दौलतमान खेवा, कृष्णबहाुदुर कटुवाल, देवी नारायण लिम्बू, राष्ट्र राई, सुर्यमान लिम्बू, लेखराज थेबे, उपार्जन चाम्लिङ राई रहेको विज्ञप्तीमा उल्लेख छ ।

रिहाई हुँन बाँकी नेता कार्यकर्ता
पक्राउ परेर प्रहरीले हालसम्म नछाडेका नेता कार्यकर्ताहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जिव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभि लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदिप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शङ्कर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छबिरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मन कुमार माखिम रहेका छन् ।

आन्दोलनको क्रममा २० घाइते
आन्दोलनका क्रममा घाइते हुनेहरूमा (१) गणेश मिभक, मिक्लाजुङ, मोरङ, (२) सन्जय राई, खोटाङ, (३) भवानीबिक्रम शेर्मा, शिवसतासी, झापा, (४) सोनाहाङ राई बिर्तामोड, झापा, (५) असोक घिमिरे, दमक, झापा, (६) विकेश राई, चुलाचुली, इलाम, (७) प्रकाश लिम्बू, इलाम, (८) सामी पालुङ्वा, अर्जुनधारा, झापा, (९) चन्द्र कुमार राई, धरान, सुनसरी, (१०) नरेन्द्र लिम्बू, कमल, झापा, (११) किरण लिङदेन, झापा, (१२) चन्द्र साँवा, अर्जुनधारा, झापा, (१३) मनकुमार थेगिम, माइ न.पा. इलाम, (१४) योगेन्द्र पाकसाँवा, छथर, तेह्रथुम, (१५) खडक योङहाङ, महमाइ, इलाम, (१६) भिमराज लिम्बू मेयङलुङ, तेह्रथुम, (१७) प्रदीप नेयोङ, धरान, सुनसरी, (१८) अर्जुन राई, सुनसरी, (१९) सन्जय कुमार राई, सुनसरी, (२०) विनोद राई, इटहरी सुनसरी रहेको विज्ञप्तीमा उल्लेख छ ।

गएको फागुन १७ गते छापामार शैलीमा जातीय एकल नश्लीय (गोत्रीय) आधारको कोशी नाम जबरजस्ती राखिएपछि पहिचाबादीहरू आन्दोलमा छन् । आन्दोलनको क्रममा पदमकुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेको छ ।
प्रहरीको गोली लागेको गजेन्द्र फागो उपचार गरिरहेका छन् ।

अहिलेसम्म भएको अन्दोलनमा प्रहरीको दमनबाट एक सय ५० वढी घाइते भएका छन् । १५ जना बढीले मुद्दा खेपिरहेको जनाईएको छ ।

प्रेस विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार