इलामः राष्ट्रिय मानव अधिकार आयोगले कोशी नाम खारेज हुँनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई हिसांत्मक नबनाउँन आग्रह गरेको छ ।
आन्दोलनको नाममा विभिन्न घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।
आफ्ना मागहरू राख्दा विधिगत शान्तिपूर्ण र मर्यादित ढंगले राख्न आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रभावित हुने गतिविधि नर्गन तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउँन आयोगले प्रदर्शनकारीलाई विज्ञप्तिमा अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलहरूले पनि प्रदर्शनलाई हिंसात्मक तथा शान्तिपूणर् बनाउन तथा वार्ता र संवादकै माध्यमबाट समाधान खोज्नका लागि सार्थक भूमिका निर्वाह गर्न आयोग राजनीतिक दलहरूलाई समेत अनुरोध गर्दछ ।’
विरोध प्रदर्शनका क्रममा मृत्यू भएका जालेहाङ लिम्बू(पदम लिम्बूू) को परिवारलाई क्षतिपूर्ति दिन मृत्यूको घटनामा संलग्न दोषीलाई कारबाही गर्न समेत भनेको छ ।
जेठ १४ गते प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप हुँदा दुुबै तर्फ केही व्यक्ति घाइते भएका र घाइते मध्ये १२ जना विराटनगरको न्यूरो अस्पताल २४ जना कोशी अस्पताल र एक जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपका क्रममा १६ शसस्त्र प्रहरी, ३७ जना नेपाल प्रहरी घाइते भएको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनकारी तर्फ २० जना घाइते भएको बताइएको छ ।
विज्ञप्ति :