इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोली जेठ १७ गतेदेखि गर्ने आम हड्ताल फिर्ता लिएको छ ।
आम हडताल फिर्ता लिए पनि विराटनगरमा प्रदर्शन जारी रहने आज मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासङ्घको प्रतिनिधि तथा मानव अधिकारकर्मी समेतको उपस्थितिमा पक्राउ परेका २६ जना आन्दोलनकारीलाई बिनासर्त रिहाई गर्ने सहमति भएपछि आम हडताल फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिउको छ, ‘जेठ १७ गते विराटनगरमा हुने विरोध प्रदर्शन भने जारी रहने भएकाले कार्यक्रममा सहभागी हुन सम्पूणर्लाई यसै विज्ञप्ति मार्फत आव्हान समेत गर्दछौँ ।’
‘हामी प्रदेश नाम ‘कोशी’ शान्तिपूणर् आन्दोलन मार्फत खारेजी होस् भन्ने चाहन्छौँ । प्रदेश नाम ‘कोशी’ राख्न हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यलाई ‘कोशी’ नाम खारेजीको प्रकृयामा अघि बढ्न आग्रह गर्दछौँ । हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले शान्तिपूणर् रूपमा उठेको आवाजको सुनुवाई नगरे आन्दोलन एकपछि अर्को गर्दै कडा हुँदै जाने कुरा यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूणर् रूपमा हुने आन्दोलनलाई हस्तक्षेप तथा नेता कार्याकर्ताहरूलाई गिरफ्तार गरेर परिस्थितिलाई आक्रामक नबनाउन, पक्राउ परेका राजनीतिक तथा सामाजिक सङ्गठनका नेताहरूलाई आइन्दा अपराधीसरह व्यवहार नगरी राजबन्दीको रूपमा सम्मानित व्यवहार गर्न समेत प्रशासन पक्षलाई आग्रह गर्दछौँ, भनिएको छ ।
छापामार शैलीमा शासक जातीय एकल नश्लीय एवम् गोत्रीय आधारको प्रदेश नाम ‘कोशी’ खारेजीको आन्दोलनको क्रममा २०८० जेठ १४ गते विराटनगरबाट पक्राउ परेका ८६ मध्ये २६ जनालाई प्रहरीले झुठा मुद्दा चलाउने तयारी गरेका थिए । यसै सन्दर्भमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको थियो ।
प्रहरीले आन्दोलनरत सङ्गठनका नेता, कार्यकर्ताहरूलाई मात्र नभएर आदिवासी जनजाति चेहरा देख्नासाथ फरक व्यवहार गर्ने गरेको, झडप हुने क्रममा चेहराको आधारमा जो सुकैलाई हप्कीदप्की, कुटपिट, धरपकड तथा गालीगलौज गरिएको विभिन्न व्यक्तिहरूबाट रिपोर्ट आएकोले यस प्रकारको साम्प्रदायिक व्यवहार नगर्न प्रहरी प्रशासनलाई आग्रह गर्दछौँ ।
जेठ १४ गते प्रहरीको पिटाइ, अश्रुग्यास प्रहार, फायरिङबाट घाइते सम्पूणर्को शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनलाई थप सशक्त बनाउन लागि पर्न प्रदेशवासी न्यायप्रेमी जनसमुदायलाई हार्दिक आव्हान गर्दछौँ ।
विज्ञप्ति: