इलामः कोशी नाम खारेज हुँनुपर्ने भन्दै प्रदर्शन गरिरहेको पहिचानवादी संघ संस्थाले प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच भएको बताएका छन् ।
प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले हस्ताक्षर गरेको मन्त्रालयको लेटर प्याडमा निकालिएको विज्ञप्ति मार्फत प्रदर्शनकारीलाई वार्ताको आव्हान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नामाकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादको माध्यमबाट निकास खोज्न सम्बद्ध सबैलाई कोशी प्रदेश सरकार आव्हान गर्दछ ।’
विज्ञप्ति मार्फत वार्ताको आव्हानलाई किरात याक्थुुङ चुम्लुङको केन्द्रीय महासचिव निरन्ती तुम्बापोले आन्दोलनको नेतृत्व गरिरहेको प्रदेश नं. १ पुनःनामाङ्क संयुक्त सङ्घर्ष समितिलाई सम्बोधन नगरेर वार्ता आह्वान गर्नू निच बक्तव्य र अर्मुत विज्ञप्ति भएको सामाजिक सञ्जाल फेसबुकमा बताएकी छिन् ।
महासचिव तुम्बापोले लेखिकी छिन, ‘पहिचानको एजेन्डासहित तीन महिनादेखि हामी संघर्षमा छौ । नश्लिय प्रदेश सरकारले पहिलोचोटि निच वक्तव्य फाल्छ र अमूर्त तवरले वार्ताको आह्वान गर्छ । इतिहास, सभ्यता, पहिचान नामेट पार्ने र जनता मार्ने एकलजातीय सरकारले ठोस रूपले वार्ता-संवादको वातावरण नबनाउन्जेल र कोशी नाम खारेज नभइन्जेल हामी सङ्घर्षमै हुनेछौं ।’
विज्ञप्ति:
’