इलामः सिटिजन लाइफ इन्स्योरेन्सले बिमितलाई घातक रोग बापत बिमा रकम नगद हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्स कम्पनिले इलाम बजारका बिमित मनोहर तामाङलाई घातक रोग बापत २० लाख मध्ये नियम बमोजिम कर कट्टि गरेर १९ लाख २७ हजार ९ सय ९६ रकम हस्तान्तरण गरेको हो ।
तामाङलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले चेक हस्तान्तरण गरेको जनाइएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले जीवन बिमाले बिपतमा सहयोग र बचत हुँने बताए । उनले बिमितको नानीहरुको अध्ययनमा समेत महत्वपूणर् भुमिका खेल्ने र एजेन्सिहरुलाई रोजगारीको अवसरका साथै राज्यलाई समेत ठुला राष्ट्रिय गौरवका योजना सम्पन्न गर्न भूमिका खेल्ने बताउँदैे भएकोले सबैले जीवनमा बिमा गर्नु पर्नेमा जोड दिए ।
पत्रकार महासंघ अध्यक्ष विब्लप भट्टराईले सवै पत्रकारलाई समेत बिमाबारे जागरण गर्ने आवश्यक रहेको उल्लेख गरे । उनले सबैले जिवन बिमाले जीवनकै लागि सहयोग गर्ने भएकोल बिमा गर्नुुपर्नेमा जोड दिए ।
विमितले चेक ग्रहण गर्दै आफुलाई उपचारमा अत्यन्तै सहयोग पुगेको र आर्थिक मन्दिको परिस्थितिमा आफुलाई ठुलो सहयोग पुगेको उल्लेख गर्दै जिवन बिमा गर्न सबैलाइ आग्रह गरे ।
इन्स्योरेन्स कम्पिनीका शाखा प्रमुख नविन रायाको अध्यक्षता भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष विब्लप भट्टराई, होटल एसोसिएसन इलाम अध्यक्ष देवि पौडेल इलाम जिल्ला बुद्धिचाल संघका सचिब विक्रम लिम्बु, एसवीआई बैंक इलाम शाखा प्रमुख मिलन श्रेष्ठ, नेको इन्स्योरेन्सका बजार ब्यबस्थापक मन कुमार तामाङ, सिद्धार्थ प्रीमियर इन्स्योरेन्सका शाखा प्रमुख प्रदिप दाहाल, सिम्रीक साकोस शाखा प्रमुख दिपेन भट्टराई, समाजसेवी अशोक प्रधान, फरक आयामका अभियन्ता बलिन्द्र योङ्हाङ र बिमा क्षेत्रलाई अघि बढाउनु हुने कम्पनीका सम्पुणर् एजेन्सी मेनेजरहरुको उपस्तिथिमा कार्यक्रम भएको थियो ।
प्रकाश परियारले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका प्रमुख प्रमुख नविन रायाले इन्स्योरेन्सको बारेमा जानकारी गराए ।