इलामः नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षा विकास तथा समन्वय इकाई इलामको कार्यालय अगाडि मंगलबार धर्ना दिएको छ ।
विद्यालयका कर्मचारीहरूलाई पूणसेवा सुविधाको दिगो व्यवस्थापन गर्नुपर्ने माग गर्दै धर्ना दिएको हो । परिषदको देशव्यापी कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रम राखेको बताइएको छ ।
कर्मचारीको दरबन्दी सिर्जना गरी त्यही अनुसारको सेवा सुविधा दिनु पर्ने, पेशागत स्थायित्वको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा समेत उल्लेख भएकोले बजेटमा समेत समेट्नु पर्ने माग गर्दै धर्ना दिएकोे परिषद इलाम अध्यक्ष हेमराज बस्नेतले जानकारी गराए ।
परिषदले संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्वतः स्थायी प्रक्रियामका लगिनुपर्ने लगायतका माग राखेर चरणबद्ध दबावमुलक कार्यक्रम सार्वजनिक गरेको छ ।
धर्ना अघि जिल्लाको दशै स्थानीय तहमा ज्ञापन पत्र समेत दिएको बताइएको छ ।
इलाममा ४ सय ८३ जना विद्यालय कर्मचारी रहेका छन् । जसमध्ये तीन सय ८४ जना विद्यालय कर्मचारी, ८९ जना सहायक लेखापाल र १० जना ६० वर्ष नाघेका कर्मचारी जिल्लाको विभिन्न विद्यलयमा काम गरिरहेका छन् ।
संघीय सरकारले कर्मचारीलाई मासिक १३ हजार पाँच सय बेतन सुविधा दिइरहेको छ । यसमा स्थानीय पालिकाले केही सेवा सुविधा थप गरेर बढीमा २० हजारमा काम गरिरहेको परिषदका अध्यक्ष बस्नेतको भनाई छ ।
परिषदको देशव्यापी कार्यक्रम अन्र्तगत जेठ २६ गतेसम्म विद्यालयको ताला चाबी बुुझाई सम्पूणर् विद्यालयका कर्मचारी सम्बन्धित जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने । जेठ २७ देखि असार १ गतेसम्म काठमाण्डौं भद्रकालीमा रिले अनसन बस्ने र असार २ देखि माग सम्बोधन नभएसम्म सम्पूणर् सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।