
बिराटनगरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मंगलबार बसेको बैठकले कोशी प्रदेश सरकारको सर्मथन फिर्ता लिने निणर्य गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कोशी प्रदेशका सांसदीय दलका नेतो इन्द्रबहादुर आङ्बोले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सांसदीय दलको मिति २०८० जेठ २३ गते बसेको बैठकले माननीय हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन आजकै मितिबाट फिर्ता लिने निणर्य गरेको जानकारी गराइन्छ’ भनिएको छ ।


222 पटक हेरिएको 














