पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन

८ बुँदे कार्यादेश समेत जारी


सेवारो खबर  194 पटक हेरिएको

इलामः इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले मंगलबार एक समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भेटीको विषयमा सत्य तत्य पत्ता लगाई २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न पाँच सदस्यीय समिति गठन गरेको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालाको संयोजक रहेको समितिमा कोष तथा लेखा नियन्त्रण कार्यलयका देवी चरण भण्डारी, शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर पशुपति कुमार मण्डल अडिटर किशोरकुमार ताम्राकार रहेका छन् । समितिको एक सदस्य भने स्थानीय निकायले तोकेको प्रतिनीधि सदस्य हुँने भनिएको छ ।

संस्था दर्ता ऐन २०३४ बमोजिम मिति २०५५/५/२५ दर्ता.नम्बर. २५८ भएको “पाथिभरा संरक्षण संस्था“ कोल्बुङ ईलामको अपारदर्शी कार्यपद्वति उपर नगरिक स्तरमा समेत उठेको गुनासो सम्बोधनका लागि संस्था दर्ता ऐन २०३४ को दफा १० (१) बमोजिम बिस्तृत छानबिन गरी कानूनी अस्तित्व, कार्यसन्चालनको अवस्था र आय-व्यय (नगद, जिन्सी ) को अद्यावधिक बिवरण सहितको यथार्थ प्रतिवेदन पेश गर्न समिति बनाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जनाकारी गराए ।

समितिका लागि विभिन्न ८ बुँदामा कार्यादेश समेत जारी गरिएको छ । छानविनका पुरा नभएसम्म संस्थाले साधारण सभा लगायतका कुनै पनि क्रियाकलाप गर्न समेत रोक लगाइएको बैठक पछि जारी निणर्य पर्चामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय इलामले जारी गरेको निर्णय पर्चा:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार